लिभरपुललाई ब्रेन्टफोर्डको धक्का
मङ्गलबार, १९ पुस २०७९, ०९ : ०९
शीर्ष चारको नजिक पुग्ने लिभरपुलको प्रयासमा ब्रेन्टफोर्डले ठुलो धक्का दिएको छ । सोमबार राति भएको खेलमा लिभरपुल १–३ गोलले पराजित भएको हो ।
खेलको १९ औँ मिनेटमा इब्राहिमा कोनाटेको आत्मघाती गोलसँगै पछि परेको थियो । पहिलो हाफको अन्त्यतिर योएन विसाले ब्रेन्टफोर्डको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा एलेक्स ओक्सालेड च्याम्बर्लिनले लिभरपुललाई खेलमा फर्काउने प्रयास गरे पनि ब्रयान एमब्युमोले गोल गर्दै ब्रेन्टफोर्डको जीत सुनिश्चित गरे ।
पराजयसँगै लिभरपुल लिगको छैटौँ स्थानमा स्थानमा सीमित भएको छ । १७ खेलपछि लिभरपुलको २८ अंक रहेको छ भने एक खेल बढी खेलेको ब्रेन्टफोर्ड २६ अंकसहित लिगको सातौँ स्थानमा छ । लिभरपुलले यो सिजन २३ अंक गुमाइसकेको छ । गत सिजनभर टोलीले गुमाएको अंकभन्दा एक बढी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी