युक्रेनको हमलामा ६३ रुसी सैनिकको ज्यान गयो

पूर्वी युक्रेनमा युक्रेनी सेनाले अमेरिकाले आपूर्ति गरेको हिमार्स प्रणाली प्रयोग गरी एउटा शिविरमा आक्रमण गर्दा ६३ जना रुसी सेनाको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले सोमबार घोषणा गरेको छ। युक्रेनले घातक हमलाको जिम्मेवारी लिएको र दोनेट्स्कको पूर्वी क्षेत्रको मस्को–नियन्त्रित भागको माकिभका सहरमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या यकिन गिरएको रुसले जनाएको छ ।
‘डिसेम्बर ३१ मा दोनेट्स्कको पूर्वी क्षेत्रको माकिभ्का शहरमा दुस्मनका विभिन्न प्रकारका सैन्य उपकरणहरूको १० इकाइहरू नष्ट र क्षतिग्रस्त भएको थियो’, युक्रेनको सशस्त्र सेनाका जनरल स्टाफले एक विज्ञप्तिमा भने ।
युक्रेनी रक्षा मन्त्रालयको विज्ञप्तिमा अगाडि भनिएको छ , ‘अस्थायी तैनाथी बिन्दुमा उच्च–विस्फोटक वारहेडका साथ चारवटा क्षेप्यास्त्रले आक्रमण गर्दा ६३ रुसी सैनिकको मृत्यु भयो । ’ पछिल्लो हमलाले रुसलाई ठूलो क्षति भएको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ