नारायणकाजीको मन्त्रालयमा १० बजे उपस्थित नहुने कर्मचारीको तलब काटिने
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कामचोर कर्मचारीलाई लगाम लगाउने भएका छन् । उनले हरेक बिहान १० बजे हाजिर भएर कार्यालय समयमा काम नगर्ने कर्मचारीलाई कडाइ गर्ने भएका हुन् ।
मन्त्रालयमा आएर काम नगर्ने कर्मचारीको तलब काट्नेसम्मको योजना मन्त्रीले बनाएका हुन् । सोमबार केही सञ्चारकर्मीहरुसँगको अनौपचारिक छलफलमा उनले कार्यालय र मातहतका निकायमा अनिवार्यरुपमा १० बजे कर्मचारी आएर हाजिर लगाइसक्नु पर्ने भन्दै ढिलो आएर काम छल्ने र मनपरी गर्न खोज्नेको त्यो दिनको तलब काटिने बताए ।सुशासनलाई प्राथमिकता दिएर काम गर्न कर्मचारीलाई निर्देशन दिँदै उनले जनताको कामलाई प्राथमिकता दिन पनि भनिएको जानकारी दिए ।
यस्तै श्रेष्ठले गुनासो सुन्न महिनाको एक दिन समय छुट्ट्याइएको जानकारी दिँदै त्यसमा आफू सहभागी भएर सबै समस्याहरुको सभाधान खोज्न पहल गर्ने बताए भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विकासे मन्त्रालय भएकाले यससँग जोडिएका कामहरुलाई प्रभावकारी ढंगले अघि बढाइने पनि श्रेष्ठले प्रतिबद्धता जनाए ।
यसैबीच मन्त्रालयसँग सम्बन्धित फाइल कहाँ गएर अड्कियो भनेर डिजिटलरुपमा हेर्ने व्यवस्था पनि मिलाइएको छ । आफूले पाएको मन्त्रालयको कामकारबाहीलाई चुस्त र प्रभावकारी बनाउन आफू हरतरहले लाग्ने श्रेष्ठको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे