मिर्चैया नगरपालिकाद्वारा आगो ताप्ने व्यवस्था

सिरहा । तराई मधेसमा चिसो बढ्दै गएपछि चिसोबाट बचाउनका लागि सिरहाको मिर्चैया नगरपालिकाले आज मिर्चैयाको कटारी चोक, थाना चोकसहित विभिन्न स्थानमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएको छ ।
आज बिहानदेखि झनै चिसो बढेकाले बाटो हुँदै जाने यात्री, सामान किनमेल गर्न बजार आउनेलाई लक्षित गरी चिसोबाट बचाउने भनी दाउरा वितरण गरेको मिर्चैयाका नगर प्रमुख श्रवण यादवले जानकारी दिए । जिल्लाको मुख्य व्यापारिक केन्द्र लहानमा सशस्त्र प्रहरी बल नेपालले बजारको मुख्य चोक, भीडभाड हुने स्थान लक्षित गरी दाउरा बालेको हो ।
तराई मधेसमा बाक्लो हुस्सु तथा कुहिरोका कारण अत्यधिकरूपमा चिसो बढ्न गएकाले सप्तरीको डाक्नेश्वरी नगरपालिकाले सामुदायिक विद्यालयहरू २०७९ साल पुस २२ गते सम्मका लागि बन्द गरेको शिक्षा अधिकृत कृष्णकुमार यादवले बताए । आज बिहानदेखि सिरहा जिल्लामा बाक्लो हुस्सु लागेको र चिसो बढेकाले बालबालिका, वृद्धवृद्धासहित जिल्लाको जनजीवन प्रभावित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक’माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत
-
वस्तु घोषणा गर्दा फरक पारेमा वस्तु मूल्यको दुई सय प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने
-
राजस्व सङ्कलन ठेक्कामा लगाउने कार्य तत्कालै बन्द गर्नुहोस्ः मन्त्री गुरुङ
-
चितवनमा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु
-
आरोप पुष्टि गर्न सांसदहरूलाई अर्थमन्त्री पौडेलको चुनौती
-
पूर्वविशिष्टहरूको सुविधा घटाउने गरी कानुन बनाउन खोजिएको हो : महत