नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालय गठन
सोमबार, १८ पुस २०७९, २१ : ३९
काठमाडौं । नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालयले पूर्णता पाएको छ । युनियनका अध्यक्ष शिव लम्सालले विधानको व्यवस्थाअनुसार नौ सदस्यीय सचिवालय गठन गरेका हुन् ।
सचिवालयमा अध्यक्ष लम्सालसहित वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्षहरु नकुल अर्याल, भीष्मराज ओझा, सलोजा दाहाल, डा.मुरारी अधिकारी,महासचिव दिलिप पौडेल,उपमहासचिव सुलोचना गौतम र कोषाध्यक्ष माधव धिताल रहेका छन् ।
युनियनको विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष अनिवार्य हुनेगरी ९ सदस्यीय सचिवालय रहने प्रावधान रहेको छ । युनियनको नवौ महाधिवेशन गत साउनमा हेटौंडामा सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेँसीसहर–चामे सडकको लमजुङ खण्ड सुचारु
-
‘मन्त्र’ बदल्ने ‘तान्त्रिक’हरूको निरंकुशता
-
अन्ततः ब्राजिल कोपा अमेरिकाकाे अन्तिम आठमा, क्वार्टरफाइनल समीकरण पूरा
-
बागमतीमा प्रादेशिक सडक गुरुयोजना कार्यान्वयन, कुन–कुन सडक समेटिए ?
-
लागू औषधसहित रौतहटबाट दुई भारतीय नागरिक पक्राउ
-
जितका बाबजुद कोपा अमेरिकाको समूह चरणबाटै बाहिरियो कोष्टारिका