सितलहर बढेपछि महोत्तरीका ७ पालिकाका विद्यालय बन्द
सोमबार, १८ पुस २०७९, २१ : १२
महोत्तरी । बाक्लो हुस्सु र सितलहर वढेपछी महोत्तरीमा सामुदायिक विद्यालय धमाधम बन्द हुन थालेका छन् । अत्याधिक जाडो बढेपछि जिल्लाको दक्षिणवर्ती क्षेत्रका स्थानिय तहले धमाधम बिदा दिन थालेका हुन् ।
अहिलेसम्म जिल्लामा ७ पालिकाका सामुदायिक विद्यालय बन्द गरिएको छ । बन्द गर्नेहरुमा औरही नगरपालिका, रामगोपालपुर नगरपालिका, पिपरा गाउँपालिका, सोनामा गाउँपालिका, जलेश्वर नगरपालिका, लोहारपट्टी नगरपालिका, मनरासिस्वा नगरपालिका गरि ७ पालिकाहरुमा बिदा दिइएको जिल्ला शिक्षा समन्वय एकाइले जनाएको छ ।
सोमबारदेखि बढेको अत्याधिक चिसोलाई मध्यनजर गर्दै अन्य पालिकाहरुले पनि बिदाको तयारी गरेका छन् । जिल्लाको मट्टिहानी नगरपालिकाले भने २० गतेवाट बिदा दिने त्याहाको शिक्षा शाखाले जानकारी दियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजास्थित मस्जिदमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु
-
झरी रोकिएपछि अनुगमनमा निस्किए मन्त्री, भौतिक मन्त्री सिंहदरबारमै
-
कच्चा तेलको भाउ अरु २० डलरले बढ्न सक्छ: गोल्डम्यान श्याख्स
-
सडक बनाउने कुरालाई सरकारले उच्च प्राथमिकता दिएको छ : मन्त्री दाहाल
-
१२ प्रकारका क्यान्सरको जोखिममा बालबालिका (भिडियोसहित)
-
चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली