शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

सितलहर बढेपछि महोत्तरीका ७ पालिकाका विद्यालय बन्द

सोमबार, १८ पुस २०७९, २१ : १२
सोमबार, १८ पुस २०७९

महोत्तरी । बाक्लो हुस्सु र सितलहर वढेपछी महोत्तरीमा सामुदायिक विद्यालय धमाधम बन्द हुन थालेका छन् । अत्याधिक जाडो बढेपछि जिल्लाको दक्षिणवर्ती क्षेत्रका  स्थानिय तहले धमाधम बिदा दिन थालेका हुन् ।

अहिलेसम्म जिल्लामा ७  पालिकाका सामुदायिक विद्यालय बन्द गरिएको छ । बन्द गर्नेहरुमा औरही नगरपालिका, रामगोपालपुर नगरपालिका, पिपरा गाउँपालिका, सोनामा गाउँपालिका, जलेश्वर नगरपालिका, लोहारपट्टी नगरपालिका, मनरासिस्वा नगरपालिका  गरि ७ पालिकाहरुमा बिदा दिइएको जिल्ला शिक्षा समन्वय एकाइले जनाएको छ ।

सोमबारदेखि बढेको अत्याधिक चिसोलाई मध्यनजर गर्दै अन्य पालिकाहरुले पनि बिदाको तयारी गरेका छन् । जिल्लाको मट्टिहानी नगरपालिकाले भने २० गतेवाट बिदा दिने त्याहाको शिक्षा शाखाले जानकारी दियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप