उमा खुला राष्ट्रिय कराते मंगलबारदेखि

काठमाडौँ। नेपाल गोजुकाई कराते डो संघको आयोजनामा उमा खुला राष्ट्रिय कराते च्याम्पियनसिपको दोस्रो संस्करण मंगलबारदेखि सुरु हुने भएको छ । वर्ल्ड युनाइटेड मार्सल आर्टस् (उमा) बाट मान्यता प्राप्त गोजुकाई करातेले हरेक वर्ष देशभरका खेलाडीको सहभागितामा राष्ट्रिय प्रतियोगिता गर्ने उद्देश्यअनुसार १९ र २० पुसमा दोस्रो संस्करण आयोजना गर्न लागिएको संघका उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक अच्युतराज उप्रेतीले जानकारी दिए ।
स्मार्ट पार्टी प्यालेस चाबहिलको हलमा सञ्चालन हुने प्रतियोगितामा देशभरका जिल्ला र डोजाङहरुबाट २५० भन्दा बढी खेलाडीको सहभागिता रहने अपेक्षा संघले गरेको छ । प्रतियोगितामा महिला र पुरुषतर्फ ८–८ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा २९ केजीमूनि, ३४ केजीमूनि, ३९ केजीमूनि, ४४ केजीमूनि, ४९ केजीमूनि, ५४ केजीमूनि, ५९ केजीमूनि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । ६० केजीमाथि तौलसमूहमा भने खुला प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक उप्रेतीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गरियो
-
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौँले जित्यो
-
नेमकिपाको महाधिवेशन : बिजुक्छेंको राजनीतिक प्रशिक्षण, १९ गते नयाँ नेतृत्व चयन
-
काठमाडौँमा चिनियाँ राष्ट्रपति सीले अघि सारेका विचारबारे छलफल
-
बैतडीमा गोली चल्यो, २२ वर्षीय युवक घाइते
-
१० बजे १० समाचार : ह्वाइट हाउसमा चर्काचर्की, काठमाडौँ महानगरमा असन्तुष्टि