जाडो बढेपछि कपिलवस्तुका दुई पालिकाले दिए विद्यालयमा बिदा
कपिलवस्तु । तराई क्षेत्रमा अत्याधिक जाडो बढेपछि कपिलवस्तुका दुईवटा पालिकाकाले विद्यालय बन्द गराएका छन् । जिल्लामा जाडो बढेपछि यशोधरा र शुद्धोदन गाउँपालिका भित्रका विद्यालयमा बिदा दिइएको हो ।
गत सातादेखि शील लहर चलेर जाडो बढेकाले पठनपाठनमा समस्या आएको भन्दै सरकारी र निजी विद्यालय बन्द गरिएको छ । यशोधरा गाउँपालिकामा १४ दिन र शुद्धोदन गाउँपालिकामा १० दिन जाडो बिदा दिइएको छ । आउने पुस ३० गते सम्मका लागि विद्यालयमा बिदा दिइएको यशोधरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजबहादुर सिंहले जानकारी दिए ।
यशोधरा गाउँपालिकामा पुस १७ देखि ३० गतेसम्म र शुद्धोदन गाउँपालिकामा पुस २० देखि ३० गतेसम्म विद्यालय बन्द गरिएको छ । जाडो र शीतलहरलाई मध्यनजर गर्दै बिदा गरिएको शुद्धोदन गाउँपालिका प्रमुख कमलेश शरण चौधरीले बताए । जाडोले गर्दा प्राविमा पढ्ने स–साना विद्यार्थीहरू बढी प्रभावित बनेका विद्यालयले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इमरान खानका समर्थकले अस्थायी रूपमा फिर्ता लिए प्रदर्शनका कार्यक्रम
-
भारतलक्षित ज्ञवालीको टिप्पणी : द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन
-
राष्ट्रिय चलचित्र पुरस्कार : विपिन र स्वस्तिमा उत्कृष्ट
-
पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै
-
पर्साबाट सुनसहित एक जना पक्राउ
-
महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न कुलमानको पत्राचार