जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने चेतावनी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पोल भाडाका नाममा तार काट्ने गरेकाले जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने सेवा प्रदायकहरूले चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान)ले सोमबार पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणले एकतर्फी रूपमा आफूखुसी पोल भाडा बढाएको र आफूहरूको मागका विषयमा पनि कुनै सुनुवाइ नगरेकाले जुनसुकै बेला पनि सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको हो ।
प्राधिकरणको भाडादरका कारण उपभोक्तालाई समेत असर पर्ने भएको भन्दै डिजिटल नेपालको मर्मविपरीत भएकाले राज्यको उच्चस्तरीय समिति गठन भई प्रतिवेदन दिएको तर प्राधिकरणले उक्त प्रतिवेदन कार्यान्वयन गर्न नमानेको आइस्पानको आरोप छ । पत्रकार सम्मेलनमा आइस्पानका अध्यक्ष सुधिर पराजुलीले प्राधिकरणले पुरानै भाडा तिर्ने र बढेको भाडा पनि तिर्ने सम्झौता गर्न दबाब दिइरहेको र भाडाकै निहुँमा इन्टरनेटको तार काटिरहेको बताए ।
उनले विद्युत् प्राधिकरणले आफैँ जबर्जस्ती ६ सयदेखि ७ सय प्रतिशत पोल भाडा बढाएर मानव अधिकारको समेत उलंघन भएको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डीएसपी हुँ’ भन्दै रेस्टुरेन्टको बिल नतिर्ने पक्राउ
-
‘भूठान’ सेन्सर पास
-
एमाले वीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
-
कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय
-
जुनियर स्कुल प्रिन्सेस २०२५ को उपाधि शिवंशी र प्राशियालाई
-
ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजियो : पूर्व शिक्षामन्त्री खनाल