पाँच वर्ष बित्दा पनि देवी विकको हत्यारा पत्ता लागेन, परिवार पुगे गाउँपालिका
खोटाङ । जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ सोभेकी ३७ वर्षीया देवी विकको हत्यारा पत्ता लगाउन माग गर्दै परिवारले स्थानीय सरकारलाई गुहारेका छन् । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित माईती पुगेर २०७४ साउन ४ गते घर फर्कनेक्रममा बाटैमा बिभत्स हत्या गरिएको अवस्थामा भेटिएकी देवीको हत्यारा पत्ता लगाएर कानुनी कारबाहीका लागि परिवारले स्थानीय सरकार समक्ष गुहार मागेका हुन् ।
सोमबार जन्तेढुंगा गाउँपालिकाकी अध्यक्ष अरुणादेवी राई र उपाध्यक्ष खेमबहादुर खड्कालाई ज्ञापन–पत्र बुझाउँदै ससुरा पृथीमान विक, श्रीमान मानबहादुर बिक, छोरा योगेश विक र छोरी सुजता विकले चाँडोभन्दा चाँडो देवीको हत्यामा संलग्न दोषी पत्ता लगाएर कारबाही गर्न माग गरेका छन् । प्रहरीको अनुसन्धानबाट हालसम्म दोषी पत्ता नलागेकाले स्थानीय सरकारलाई गुहार्नु परेको श्रीमान पृथीमानले बताएका छन् ।
माईतीबाट घर फर्कनेक्रममा सम्पर्कविहिन बनेकी देवी दोश्रो दिन २०७४ साउन ५ गते जन्तेढुंगा गाउँपालिका–३ काहुलेको छिमावास्थित नेप्टे जंगलमा विभत्स हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । उनको शव सडकभन्दा करिब पाँच सय मिटर तल कम्मरमुनिको कपडा खोलिएको, टाउकोबाट रगग बगिरहेको अवस्थामा भेटिएकाले घट्नालाई शंकास्पद मानिएको हो । तर, प्रहरीले हालसम्म ‘घट्नामा कसको संलग्नता थियो, घट्नाको कारण के थियो’ भन्ने प्रश्नको जवाफ अझै बाहिर ल्याउन नसकेपछि पिडित परिवार गाउँपालिका पुगेका हुन् ।
२०७३ माघ २६ गते बुधबार विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ र २०७४ जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्माको हत्यारा समेत हालसम्म गुमनाम छ । ६ महिनाको अवधिमा भएका तीन महिलाको विभत्स र पासविक हत्याको घट्ना प्रकृति पनि उस्तै–उस्तै देखिन्छ । तर, तीन जना महिला हत्यामा संलग्न दोषीको विषयमा प्रहरीले हालसम्म मेसो पत्ता लगाउन सकेको छैन । जघन्य घट्नामा संलग्न अपराधीको पहिचान नहुँदा पिडित परिवार त्रसित छन् । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म