नर्भिकमा मिर्गौला प्रत्यारोपण सेवा सुरु
_Lpkt9eJrDy.jpg)
नर्भिक इन्टरनेशनल हस्पिटलले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ । यस क्रममा नर्भिकले हालसम्म २ व्यक्तिको मिर्गौलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिसकेको छ ।
मिर्गौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीया पत्नीले दान दिएको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको छ भने ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षीया छोरीले दिएको मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ ।
प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले आगामी दिनमा यो सेवालाई बिस्तार गर्दै लगिने जानकारी दिए । नर्भिक अस्पतालका विज्ञ चिकित्सकद्वय डा. राकेश बर्मा र डा. आरके अग्रवाल नेतृत्वको विज्ञ तथा सल्लाहकारहरूको टिमले मिर्गौला प्रत्यारोपण सेवा दिँदै आएको छ ।
‘सफलतापूर्वक मिर्गौला प्रत्यारोपण सम्पन्न गरिएका २ वटा केशमध्ये पहिलो केही जटिल रहेको थियो । पहिलो पटक नर्भिकमा मिर्गौला प्रत्यारोपण गरिएको बिरामीमा मुटुको धमनीमा समस्या लगायतका जटिलता थियो । तर, नर्भिकमा भएको सबै खालका स्वास्थ्य समस्याको स्तरीय उपचार सेवाको सहज उपलब्धताका कारण जटिल हुँदाहुँदै पनि सफलतापूर्वक प्रत्यारोपण भएको छ,’ मिश्रले भने । नर्भिकले कलेजो प्रत्यारोपण सेवा पनि बिस्तार गर्ने उद्देश्यले अनुमति लिने प्रक्रिया पनि अगाडि बढाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित
-
गुल्मी आँपचौर सेवा समिति जापानको आठौँ अधिवेशन सम्पन्न
-
विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन स्थगित हुँदैन : अध्यक्ष सुवेदी
-
बागमती सरकारको नीति कार्यक्रम बनाउन ‘दलीय कार्यदल’ गठन
-
‘सगरमाथा संवाद’ पूर्व कार्यक्रमको टोली थामेमा
-
मन्त्रिपरिषद् बैठक : सुशासन आयोग गठन गर्ने निर्णय, पौडेल सचिवमा बढुवा