नेप्से १७ अंकले बढ्यो, कारोबार २ अर्बमा सीमित

लगातार दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा १७ अंकको वृद्धि भएको छ । अघिल्लो दिन १७ अंकले बढ्दै २०४६ विन्दुमा पुगेको नेप्से सूचक पुनः सोमबार पनि १७ अंकले नै बढ्दै २०६३.८३ अंकको विन्दुमा उक्लिएको हो ।
तर, अघिल्लो दिनको तुलनामा आज कारोबार रकम भने घट्न पुगेको छ । आइतबार ४ अर्ब ४ करोड ८८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज २ अर्ब ९६ करोड रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।
आज पनि नबिल बैंक उच्च कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रहँदै १६ करोड ८४ लाख ५१ हजार रुपैयाँ बराबर गरेको छ । यस्तै, दोस्रोमा हिमालय डिस्टिलरीको १६ करोड ६४ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज म्यानु एण्ड प्रो, मुचुअल फन्ड र अन्य समूहको उपसूचक बाहेक १० वटा उपसूचक धनात्मक भएका छन् । धौलागिरि लघुवित्त वित्तीय संस्था र सृजनशील लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले आज १०÷१० प्रतिशतले कमाएका छन् भने एनएमबी५० का लगानीकर्ताले ४.८० प्रतिशतले गुमाउन पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाजुभाइबिच जग्गा विवादः बन्दुक चलाउन खोज्दा पक्राउ
-
तीनकुने घटनामा संलग्न आरोपमा ‘मेकानिकल इन्जिनियर’ पक्राउ
-
नदी नभई फोहोर पोखरीजस्ता भए दल र राजावादी हौसिए
-
हितेन्द्रदेवलाई ऊर्जामन्त्रीले दिए यस्तो निर्देशन
-
आठ महिनामा ८ अर्ब रुपैयाँ अध्ययनका नाममा विदेश बाहिरियो
-
स्वदेशी उत्पादनको प्रवर्द्धन नै आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड हो – मन्त्री भण्डारी