साझा हिउँदे पुस्तक प्रदर्शनी सुरु
काठमाडौं । साझा प्रकाशनले हिउँदको अवसर पारेर पुस्तक प्रदर्शनी सुरु गरेको छ । साझाले आफ्नो केन्द्रीय कार्यालय ललितपुरको पुलचोक र अफ्ना सम्पूर्ण बिक्रीकक्षहरूमा पुस १७ गतेदेखि प्रदर्शनी थालेको हो । विद्यालय, विश्वविद्यालयको हिउँदे बिदामा बस्ने विद्यार्थीहरूलाई ध्यानमा राखी प्रदर्शनी स्थलसम्म आई पुस्तक खरिद गर्न सजिलो होस् भनेर सो प्रदर्शनीको आयोजना गरेको साझा प्रकाशनले जनाएको छ ।
उक्त प्रदर्शनीमा ३ देखि २८ सय रुपैयाँसम्मका पुस्तक राखिएका छन् । प्रदर्शनी स्थलमा २५ देखि ८० प्रतिशत छुटमा पाइने व्यवस्था साझा प्रकाशनले गरेको छ । सो प्रदर्शनीमा नेपाल प्रज्ञा प्रतिष्ठान, सिनासलगायत व्यक्तिगत प्रकाशनका पुस्तकहरू पनि प्रदर्शनीमा राखिएको साझाले जनाएको छ । यो प्रदर्शनी पुस ३० गतेसम्म रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियमन आयोगको प्राधिकरणलाई निर्देशन– बक्यौता उठाउनू, अरू निर्णय यथास्थितिमा राख्नू
-
एकीकृत समाजवादीका ३४४ नेता पाँच महिनादेखि बेरोजगार !
-
र्यापर बादशाहको नाइट क्लबमा विस्फोट, लरेन्स विश्नोई गिरोहले लियो जिम्मेवारी
-
रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा 'अन्य आदेश'
-
‘समृद्ध नेपाल, सुखी नेपाली’ उत्तम विकल्प : प्रधानमन्त्री ओली
-
डीडीसी भन्छ– स्रोत सुनिश्चित भएको दूध मात्रै खरिद गर्छौँ