लुम्बिनी प्रदेशसभाको अधिवेशन सुरु
दाङ । लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आजदेखि सुरु भएको छ । प्रदेश राजधानी दाङको देउखुरीमा पहिलो अधिवेशन सुरु भएको हो । सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य डिल्लीराज भुसालले अस्थायी सभामुखको जिम्मेवारी सम्हालेका छन् । उनलाई आइतबार प्रदेश प्रमुख अमिक शेरचनले जिम्मेवारी दिएका छन् । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेश सभा सदस्यहरूले शपथ लिएको भोलिपल्ट प्रदेशसभाको अधिवेशन आह्वान गरिएको हो ।
यो अधिवेशनमा सोमबार दुई वटा बैठक बस्ने कार्यसूची छन् । प्रदेशसभा सचिव दुर्लभ कुमार पुनका अनुसार पहिलो बैठकमा प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र ज्येष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाएका छन् भने प्रदेश प्रमुख अमिक शेचरनले प्रदेश सभा बैठकलाई सम्बोधन गरेका छन् । उनको संविधानसँगै आधा घण्टाका लागि बैठक स्थगित भएको छ। दोस्रो बैठकमा ज्येष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’ पारित गर्न प्रस्ताव गर्ने कार्यसूची रहेको सचिव दुर्लभ कुमार पुनले बताए ।
बैठकमा राजनीतिक दलहरूको तर्फबाट प्रदेशसभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने छन् । लुम्बिनी प्रदेश सभामा यस पटक १० दलको प्रतिनिधित्व रहेको छ । अधिवेशन सुरु भएपछि सभामुख र उपसभामुख चयनको लागि बाटो खुल्ने छ । पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । आजको अधिवेशनसँगै सरकार गठनको प्रक्रिया पनि सुरु भएको छ ।
अहिलेसम्म माओवादीबाहेक सबै दलले दलको नेता छानिसकेका छन् । सरकार गठनका लागि एमाले,माओवादी, नागरिक उन्मुक्ति, राप्रपा, जसपा, जनमतसहित केन्द्रमा सत्ता गठबन्धनमा रहेका ६ दल यहाँ पनि रहेका छन् । ८७ सदस्य प्रदेश सभामा यी दलको सांसद संख्या ५२ रहेको छ । प्रदेशको नेतृत्वका लागि एमाले र माओवादीले दाबी गरे पनि एमालेले नै पाउने सम्भावना बढी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
-
एमालेलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल
-
कीर्तिपुरमा माओवादीका उम्मेदवार महर्जनलाई विजयी गराउन तीन दलको संयुक्त अपिल
-
समीर भट्टको फिल्म ‘बलिदान’को रिलिज कहिले ?
-
स्वास्थ्य सेवा ऐन ल्याउने तयारी, ५८ हजारभन्दा बढी कर्मचारी लाभान्वित हुने
-
कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समर्थकको प्रदर्शन (तस्बिरहरु)