युक्रेनको राजधानीमा हवाइ आक्रमण

युक्रेन । युक्रेनको राजधानीमा आइतबार राति रुसी सेनाद्वारा हवाइ हमला गरिएको छ । शहरका विभिन्न जिल्लामा विस्फोटन भएको स्थानीय अधिकारीहरूले बताएका छन्। कीभ शहर सैन्य प्रशासनले जनाएअनुसार एयर डिफेन्सले राजधानी विरुद्ध शुरू गरिएका सबै ३२ वटै हवाइ आक्रमणहरूलाई निस्तेज गरिएको बताएको छ ।
हवाइ अवरोधका भग्नावशेषले केन्द्रीय शेभचेन्किभ्स्की जिल्लामा एउटा निजी कारलाई मान्य क्षति पुगेको छ भने स्थानीय सबवेको सञ्चालनमा बाधा पुगेको छ ।
यसैगरी कीभ क्षेत्रमा ड्रोन आक्रमणमा पूर्वाधार सुविधा क्षतिग्रस्त भएको किभ क्षेत्रीय सैन्य प्रशासन प्रमुख ओलेक्सी कुलेबाले टेलिग्राममा बताएका छन् । यद्यपि युक्रेनी आक्रमणबाट राजधानी र कीभ क्षेत्रमा कुनै हताहतीको भने भएको छैन् । रुसले जम्माजम्मी ४५ लडाकु ड्रोनहरू प्रक्षेपण गरेको छ । त्यसमध्ये ३२ वटा आइतबार मध्यरात पछि र शनिबार अबेर राति १३ वटा प्रहार गरइएको थियो । यद्यपि ती सबैलाई युक्रेनको हवाइ रक्षाले खसालेको युक्रेनी सशस्त्र सेनाको वायुसेना कमाण्डले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
-
अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी
-
प्रचण्डलाई प्रश्न– नेतृत्व कहिले छोड्नु हुन्छ ?
-
आईपीएलबाट बाहिरिए पन्जाबका तीव्र गतिका बलर लोकी फर्गुसन
-
प्रकाश सपुतको समीक्षा : २०८१ आफ्ना विरुद्ध शक्तिशाली भयो
-
अधिकांश तरकारीको मूल्य घट्यो, कुन कति घट्यो ?