हाम्रो प्रतिपक्ष रोग, भोक र गरिबी हो : मुख्यमन्त्री शाही

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको प्रतिपक्ष रोग, भोक र गरिबी भएको बताएका छन् । प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा बोल्दै उनले पुनः सोही कुरा बताएका हुन् ।
उनले ०७४ मा प्रतिपक्षको भूमिकामा थिए, त्यही बेला यही कुरा भन्ने गरेका थिए । तर प्रदेश सभाको पहिलो पाँच बर्षे कार्यकाल नेताहरुले सत्ता संघर्षमै बिताएका थिए । मुख्यमन्त्री शाहीले कर्णालीको प्रतिपक्षलाई मेटाउन सबै एक भएर अघि बढ्नुपर्ने तर्क राखे । ‘राम्रा ऐन, कानुन बनाउनुपर्छ, नत्र कर्णालीको विकास पछि पर्छ नै ,’उनले भने,‘ कर्णालीको विपक्षी भनेको रोग, भोक र गरिबी हो ।’
साथै उनले अब कर्णाली पछि प¥यो भनेर भन्ने बाटो नभएको बताए । उनले भने,‘कर्णाली पछि प¥यो भनेर भन्ने बाटो हामीलाई छैन, विगत पाँच वर्ष कार्यकालमा ‘प्राक्टिस’ भए । अहिले धेरैले अनुभव बटुलेका कारण कर्णालीको समृद्धिमा लाग्न सबैको सद्बुद्धि आवस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
-
क्लिन हिरो प्रोजेक्टको ठमेल सफाइ अभियान
-
दोलखाका विभिन्न विद्यालयमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग
-
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
-
१० बजे १० समाचार : तारकेश्वर जग्गा विवाददेखि विद्या भण्डारीको बढ्दो सक्रियतासम्म
-
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघले गरेको तालाबन्दीप्रति विद्यार्थी सङ्गठनहरूको आपत्ति