माओवादी लुम्बिनी प्रदेशको दलको नेतामा महरा
सोमबार, १८ पुस २०७९, १३ : ५०

दाङ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा जोखबहादुर महरा चयन भएका छन् । प्रदेश राजधानी दाङको देउखुरीमा आज बसेको बैठकले दलको नेतामा सर्वसम्मत रुपमा महरालाई दलको नेता चयन गरेको एक नेताले बताए ।
रोल्पा प्रदेशसभा १ बाट प्रत्यक्ष निर्वाचित महरा पहिलोपटक सांसद र पहिलोपटक दलको नेता चयन भएका हुन् । यसअघि अध्यक्ष प्रचण्डको प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा थिए । दलको नेतामा इन्द्रजीत थारुले समेत आकांक्षा राखेका थिए । तर, पार्टीका सांसदहरुको दबाबमा महरालाई सर्वसम्मत रुपमा दलको नेता बनाएको हो । यस प्रदेशमा माओवादीका ९ जना सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय सम्झौतामा नपरेपछि क्लासेनको अन्तर्राष्ट्रिय खेलजीवन अन्योलमा
-
एक घण्टा ढिलो गरी प्रधानमन्त्री ओली जकनपुरमा ‘ल्यान्ड’, प्रदेशसभामा सुरक्षा व्यवस्था कडा
-
दक्षिण कोरियामा राष्ट्रपति चुनावको घोषणा
-
ट्रम्प ट्यारिफले तेलको भाउ घट्यो, पुटिनमाथि बढ्यो दबाब
-
लागुऔषध ट्रामाडोलसहित नागढुंगाबाट एकजना पक्राउ
-
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ स्थापनाको ३२ वर्षपछि आफ्नै भवनमा