‘अगस्त्य’ निर्देशन गर्दै ‘लभ डाइरिज’ का सौरभ
काठमाडौँ । फिल्म ‘द अनब्रेकेबल : अगस्त्य’ निर्माण हुने भएको छ । निर्देशक सौरभ चौधरीले अंग्रेजी नयाँ वर्ष २०२३ तथा १०औं राष्ट्रिय टोपी दिवसको अवसर पारेर फिल्मको घोषणा गरेका हुन् । निर्देशक सौरभले फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेका हुन् । प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्ने फिल्ममा राजेश श्रेष्ठको छायांकन रहनेछ ।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक चौधरी स्वयंको हो । नेपाल र भारतमा छायांकन हुने फिल्ममा नेपाल र भारतका कलाकारको अभिनय रहनेछ । फिल्मको कलाकार छिट्टै फाइल गर्ने निर्देशक सौरभले बताए । दुई श्रृंखलामा निर्माण हुने फिल्मको दुवै च्याप्टरको स्क्रिप्ट तयार भैसकेको छ । ५० प्रतिशत नेपालमा र ५० प्रतिशत भारतमा छायांकन हुने फिल्मको आगामी बैशाखबाट छायांकन सुरु गरेर दशैंतिर प्रदर्शन गर्ने निर्माण टिमको योजना छ ।
‘अगस्त्य’ आफ्नो ड्रिम प्रोजेक्ट भएको निर्देशक चौधरी बताउछन् । ‘फिल्म उत्कृष्ट बनाउने संकल्प लिएको छु । विगत साढे २ वर्षदेखि फिल्मको स्क्रिप्टमा मिहिनेत गरेको छु’ सौरभले भने । सौरभले यस अगाडि ‘लभ डाइरिज’ निर्देशन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इमरान खानका समर्थकले अस्थायी रूपमा फिर्ता लिए प्रदर्शनका कार्यक्रम
-
भारतलक्षित ज्ञवालीको टिप्पणी : द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन
-
राष्ट्रिय चलचित्र पुरस्कार : विपिन र स्वस्तिमा उत्कृष्ट
-
पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै
-
पर्साबाट सुनसहित एक जना पक्राउ
-
महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न कुलमानको पत्राचार