बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘पञ्चायत’ : युट्युबमा पनि हेर्न सकिने

सोमबार, १८ पुस २०७९, ११ : ५६
सोमबार, १८ पुस २०७९

काठमाडौँ । २०७४ मा प्रदर्शन आएपनि राम्रो ब्यवसाय गर्न नसकेको फिल्म ‘पञ्चायत’ युट्युबमा भने राम्रो दर्शक पाएको छ । युट्युवमा फिल्मले राम्रो दर्शक पाउदै ट्रेन्डिङमा समेत पर्न सफल भएको छ ।  ४ दिन अगाडि सार्वजनिक फिल्मले समाचार तयार पर्दासम्म ७ लाख २५ हजार भिउज पाउँदै युट्युबको ट्रेन्डिङ चौथो स्थान ओगट्न सफल भएको छ । १७ हजार बढी लाइक पाएको फिल्मलाई थुप्रै सकारात्मक प्रतिक्रिया समेत दिएका छन् ।

ओस्कार अवार्डका लागि नेपालबाट छनौटमा समेत परेको यो फिल्मले अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिसको शहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’ विदेशी भाषातर्फको उत्कृष्ट चलचित्र विधामा र यसकै अभिनेत्री नायिका नीता ढुंगानाले ‘उत्कृष्ट मुख्य अभिनेत्री’ विधामा पुरस्कार जित्न सफल भएकी थिइन् । 
सरोज खनाल, नीता ढुंगाना, रुपा राना, जाह्न्वी बस्नेत, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ, रवि अधिकारी, सुचित्रा उप्रेती, अश्विनी कोइराला, प्रकृति ढुंगेल लगायत कलाकारको अभिनय रवि अधिकारी कार्यकारी निर्माता र गणेश गिरीको प्रस्तुति रहेको पञ्चायतको निर्माता शुशान्त श्रेष्ठ र शंकर सुवेदी हुन् । फिल्मको लेखन निर्देशन शिवम् अधिकारीले गरेका हुन् । 

फिल्मले विसं २०३१ सालको एउटा गाउँमा भएको न्याय प्रणाली, समाजिक व्यवस्था, छाउपडी प्रथालाई सुन्दर ढंगले प्रस्तुत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप