पर्सा राष्ट्रिय निकुञ्जबाट गाडी, हतियार, नगदसहित ५ जना सिकारी पक्राउ

बारा । पर्सा राष्ट्रिय निकुञ्जको गस्ती टोलीले निकुञ्जको कोर क्षेत्रबाट वन्यजन्तु चोरी सिकारी गरिरहेको अवस्थामा ५ जनालाई बन्दोबस्तीका सामानसहित नियन्त्रण लिएको छ ।
निकुञ्जको पर्सा क्षेत्रको गरुणालाईन नजिकैबाट ५ जनालाई २ लाख ९० हजार ६७० नगद रकम, ल्याडक्रुजर र बोलेरो गाडी, मृत पोथी जरायो, भाले जरायोको सिङ, १२ बोरको बन्दुक १ थान, १२ बोरको गोली राउन्ड १, हतियार राख्ने झोला २ वटा, हतियारको अन्य डकुमेन्ट, नाईट भिजन क्यामेरा, टेलिस्कोप, रबरको टेलिस्कोप, ब्याट्री कर्पाटमेन्ट, टर्च लाईट, मोबाईल (आईफोन) ३ थान, मदिरा र अन्य कागजपत्रसहित नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ ।
वन्यजन्तु चोरी सिकारीमा काभ्रेपलाञ्चोक जिल्ला साविक नासिका गाविस घर भएका अन्दाजी ५७ वर्षका दामोदर अधिकारी, बारा जिल्ला साविक प्रसौना गाविस अकुनिया गाउँका ४६ वर्षीय विशाल सहनी, बारा प्रसौनी १ का ३७ वर्षीय कापस दास थारु, बारा सखुवा प्रसौनीका ४४ वर्षीय नवराज बस्नेत र खिटावल गाविस ८ टावलका ५२ वर्षीय मालदोङ तामाङ रहेको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जका रेन्जर विष्णु पौडेलको नेतृत्वमा सेनासहितको टोलीले सोमबार राति प्राप्त सूचनाका आधारमा करिव ४ घन्टाको मेहनतपछि बस्दोबस्तीको सामानसहित चोरी सिकारीमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिन सफल भएको हो ।
पर्सा राष्ट्रिय निुकञ्जभित्र वन्यजन्तु सहित यति ठुलो परिमाणमा बस्दोबस्तीको सामानसहित चोरी सिकारी नियन्त्रणमा लिएको यो दोस्रो घटना भएको निकुञ्जले जनाएको छ । यसअघि मकवानपुर क्षेत्रमा वन्यजन्तु सिकारीसँग निकुञ्ज सेनाको दोहोरो फाईरिङ समेत भएको थियो । रेन्जर विष्णु पौडेलले सोमबार राति भएको घटनामा निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ लाई टेकेर अनुसन्धान तथा कारवाही अगाडि बढाइने जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध