राष्ट्रपतिको निर्वाचनबारे प्रधानमन्त्री र आयोग पदाधिकारीबीच छलफल

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आगामी फागुनमा रिक्त हुने राष्ट्रपति र उपराष्ट्रपति पदका लागि एक महिना अगावै निर्वाचन गर्नुपर्ने प्रावधान छ । सोही विषयमा प्रधानमन्त्रीसँग आयोगका पदाधिकारीहरुले छलफल गरेको छलफलमा सहभागी उपप्रधान तथा अर्थमन्त्री समेत रहेको विष्णु पौडेलले जानकारी दिए ।
‘राष्ट्रपति, उपराष्ट्रपति र एक रिक्त राष्ट्रिय सभा सदस्य पदको निर्वाचनबारे आयोगका पदाधिकारीले छलफल गर्नुभएको छ’, अर्थमन्त्री समेत रहेका एमाले नेता पौडेलले छलफलपछि सञ्चारकर्मीलाई जानकारी दिए ।
छलफलमा प्रधानमन्त्रीसहित गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री विष्णु पौडेल सहभागी रहेका थिए । गृहमन्त्री रवि लामिछानेले राष्ट्रपति उपराष्ट्रपति निर्वाचनबारे गृहमन्त्रालयले आयोगसँग समन्वय गरेर मिति तोकिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढ्यो कोशी प्रदेशको आम्दानी, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख
-
आइतबारदेखि काठमाडौँ उपत्यकाको तापक्रम घट्ने
-
महाभूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर क्षेत्र (तस्बिरहरू)
-
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
-
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने, के के छन् कार्यसूचीमा ?
-
आज भूकम्प स्मृति दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै