बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

ध्वाँसेको छाला ओसारपसार मुद्दाका फरार ‘ज्योतिषी’ पक्राउ

सोमबार, १८ पुस २०७९, १० : ३९
सोमबार, १८ पुस २०७९

काठमाडौँ । आखेटोपहार ओसारपसार मुद्दाका फरार रहेका ज्योतिषीलाई प्रहरीले काठमाडौँको मच्छेगाउँबाट पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–९ स्थित मच्छेगाउँ बस्ने ५५ वर्षीय रुद्रनाथ अधिकारीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले रातोपाटीलाई बताए ।

दुर्लभ वन्यजन्तु ध्वाँसेको छाला ओसारपसार गरेको आरोपमा उनीबिरुद्ध काठमाडौँ जिल्ला अदालतबाट  २०७१ कार्तिक २७ मा पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला बन कार्यालयमा दर्ता भएको मुद्दामा उनीमाथि अनुसन्धान भइरहेको छ । आइतबार अधिकारीलाई पक्राउ गरेर थप अनुसन्धान र कारबाहीको लागि आजै डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा पठाइएको एसपी कोइरालाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप