बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

कांग्रेस लुम्बिनी संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन

सोमबार, १८ पुस २०७९, १० : १४
सोमबार, १८ पुस २०७९

बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन भएका छन्। आइतबार बिहान चौधरीलाई  सर्वसम्मत रुपमा दलको नेता चयन गरिएको कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनले जानकारी दिए । 

उनले उपनेता पनि सहमति नै चयन गर्ने तयारी भएको  जानकारी दिए ।  कांग्रेस संसदीय दलको नेताका लागि चार सांसद आकांक्षी देखिएका थिए । चौधरी, राजु खनाल,अब्दुल रज्जाक र वीरबहादुर राना संसदीय दलको नेता बन्न आकांक्षी भए पनि डिल्लीबहादुर सर्वसम्मत चयन भएका हुन्। चौधरी हाल लुम्बिनी प्रदेशको सहरी विकास मन्त्री समेत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप