नेयमार र मेस्सीबिना पीएसजी स्तब्ध
सोमबार, १८ पुस २०७९, ०६ : ३५
_ruTG2yHl6h.jpg)
साबिक विजेता पेरिस सेन्ट जर्मेन राम्रो फर्ममा रहेको लेन्ससँग ३–१ गोल अन्तरले पराजित भएको छ । लिग वानमा पीएसजी पराजित भएको गत मार्च यता पहिलोपटक हो । गत मार्च २० मा पीएसजी मोनाकोसँग ३–० गोलले पराजित भएको थियो ।
यो सिजन लेन्सले लिगका १७ खेलमा मात्र एक पटक हार बेहोरेको छ । जीतसँगै टोली शीर्ष स्थानमा रहेको पीएसजीभन्दा मात्र ४ अङ्कले पछि रहेको छ । लेन्सले आफ्नो घरेलु मैदानमा खेलको पाँचौँ मिनेटमा नै प्रेज्मिस्ल फ्रांकोवोस्कीको गोलको मतमा अग्रता लिएको थियो । ह्युगो एकिटिकेले पीएजीका लागि लगत्तै गोल फर्काए पनि लुइस ओपेन्डा र एलेक्सिस क्लाउने माउरिसले गोल गर्दै लेन्सको जीत सुनिश्चित गरे ।
पीएसजी नेयमार र लियोनेल मेस्सीबिना नै मैदानमा उत्रेको थियो । नेयमारले पछिल्लो खेलमा रातो कार्ड पाएका थिए भने मेस्सी अझै विश्वकपपछि फ्रान्स फर्किएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध