लुम्बिनीको मुख्यमन्त्रीमा एमालेको दाबी रहन्छ : महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेको दाबी रहने बताएका छन् । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका पोखरेलले नवनिर्वाचित सांसदहरूको शथपग्रहण समारोहमा सहभागी हुने क्रममा लुम्बिनीमा एमाले ठूलो पार्टी भएकाले अन्य दलहरूले एमालेलाई नै नेतृत्व सुम्पिनेमा विश्वस्त रहेकोसमेत बताए ।
“स्वाभाविक रुपमा अन्य दलहरूले जहाँ जसको स्टेट त्यहाँ त्यसलाई नेतृत्वको जिम्मा सुम्पनु हुन्छ भन्ने म ठान्छु यद्यपि हामी छलफल गर्न बाँकी छ”, उनले सञ्चारकर्मीहरूसँग भने, “छलफलपछि एउटा निष्कर्ष निक्लेला तर पनि राजनीतिक दलहरूको ‘स्टाटस’का आधारमै नेतृत्वको प्रश्न निरुपन होला भन्ने म ठान्छु ।” केन्द्रमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धन बनेको छ । तर प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने अझै टुङ्गिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन
-
‘दुश्मन हेरेको हेरै...’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा
-
९१ वटा कृषि फार्म र सहकारीलाई तीन करोड अनुदान