शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

सोह्रौँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुने

आइतबार, १७ पुस २०७९, २२ : ०६
आइतबार, १७ पुस २०७९

जुत्ता तथा चप्पलसम्बन्धी स्वदेशी उत्पादनबारे नेपाली बिक्रेता र उपभोक्तालाई जानकारीदिने उदेश्यले ‘१६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी’ हुने भएको छ ।  नेपालमा पहिलो पटक हुन लागेको प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपमा पुस २१ गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल जुत्ता उत्पादक सङ्घले प्रदर्शनीबारे जानकारी दिएको हो । 

प्रदर्शनी संयोजक सुरज बञ्जाडेले स्वदेशी जुत्ता, चप्पल बढी खपत हुन नसक्नु मुख्य कारण कम प्रतिस्पर्धी हुनुभएको बताए । उनले भने, “बजार अनुगमन गर्ने क्रममा ग्राहक संगै बिक्रेतालाई समेत नेपाली उत्पादनको गुणस्तरका विषयमा कम ज्ञान भएको देखियो । प्रदर्शनीबाट सबैले जानकारी पाउन सक्नेछन् ।” 

देशभरबाट १२ उद्योगसहित पाँच हजार उद्योगी, बिक्रेताले सहभागिता जनाउने अपेक्षा गरिएको छ । प्रदर्शनीले स्वदेशी उत्पादनलाई बाह्य बजारमा समेत बिस्तार गर्न सहयोग पुग्ने उनको भनाइ छ । प्रदर्शनीमा विदेशी कच्चपदार्थ, मेशिनरी र प्रविधिसहितको ४० भन्दाबढी कम्पनीका प्रदर्शनी कक्ष र नेपाली फुटवेयरका ९० कम्पनी सहभागी हुनेछन् ।

सङ्घका अध्यक्ष नानीराज घिमिरेले स्वदेशी माग पूरा गर्न आत्मनिर्भर भए पनि चोरी पैठारीका कारण समस्या भएको बताए । उनले भने, “चोरी पैठारी, न्यून विजकीकरण, दक्ष जनशक्तिको अभाव र अनियन्त्रित सस्तो जुत्ताको आयातले स्वदेशी उद्योगलाई प्रभाव पारेको छ ।”

नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तु उद्योगको सङ्ख्या एक हजार ५०० रहेका छन् । नेपाली उद्योगको वार्षिक हाल पाँच करोड जोर उत्पादन गदै आएको बताए । यस क्षेत्रमा रु ३० अर्बभन्दा बढीको लगानी र रु चार अर्बभन्दा बढी बैंक कर्जा रहेको छ । 

चालु आर्थिक वर्ष २०७७/७८ मा चार करोड ११ लाख ४६ हजार एक सय ११ जोर जुत्ता, चप्पल आयात भएको छ । २७ लाख ६४ हजार छ सय ४३ जोर जुत्ता, चप्पल निर्यात भएको छ । उद्योगीका अनुसार ३५ प्रतिशत क्षमतामा मात्र उद्योग सञ्चालनमा आएका छन् । विश्वका १८ देशमा नेपाली चुत्ता, चप्पल निर्यात हुने गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप