शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एभरेष्ट बैंकको हकप्रद सेयर निस्कासन

आइतबार, १८ असार २०७४, १६ : ३२
आइतबार, १८ असार २०७४


काठमाडौं–एभरेष्ट बैंकले आईतबारवाट हकप्रद सेयर निस्कासन तथा विक्रि खुला गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित एक करोड ५० लाख ८८ हजार ८७ कित्ता सेयर निस्कासन तथा विक्रि खुला गरेको हो । 


बैंकले असार ६ गतेसम्म कायम रहेका सेयरधनीले साउन २२ गतसम्म आवेदन दिन सक्ने गरि हकप्रद जारी गरेको जनाएको छ ।

यसका लागि एनआईवीएल क्यापिटल मार्केट र एभरेष्ट बैंकको केन्द्रिय कार्यालय, शाखा कार्यालयमा आवेदन दिन सक्ने जनाइउको छ । बैंकले चुक्ता पुँजी बृद्धिकै लागि हकप्रदको साथ लिएको हो । 


यो हकप्रद जारी भएपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ३ करोड पुग्ने जनाइएको छ । अहिले बैंकको चुक्ता पुँजी ४ अर्ब ५२ करोड रुपैयाँ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप