तनहुँको शुक्लागण्डकीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु
आइतबार, १७ पुस २०७९, २१ : ५५

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा टिपरको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–३३ बागमारा बस्ने ६० वर्षीया टीकादेवी चापागाइँ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
कोत्रेबाट दुलेगौडातर्फ आउँदै गरेको ग२क ६२१९ नंको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको ग१९प ५६५९ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार चापागाइँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घाइते उहाँको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा साँझ ५ बजे मृत्यु भएको हो ।
दुर्घटनामा स्कुटर चालक सोही ठाउँ बस्ने ३३ वर्षीया लीलादेवी नेपाली घाइते भएका छन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । टिप्पर चालक अर्घाखाँची सन्धिखर्कका ४१ वर्षीय तिलक श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक