हात्ती आक्रमणमा पत्नीको मृत्यु, पति घाइते

शिवसताक्षी नगरपालिका–११ मा वृद्ध दम्पती जङ्गली हात्तीको आक्रमणमा परेका छन् । जसमध्ये पत्नी ६१ वर्षीया वृद्धा कृष्णमाया भण्डारीको उपचारका क्रममा आज मृत्यु भएको छ भने ७१ वर्षीय पति शान्तिराम भण्डारी गम्भीर घाइते छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीका अनुसार आफ्नै घरमा रातिको निन्द्रामा रहेको अवस्थामा शनिबार राति छावा बच्चासहित आएका चारवटा हात्तीले भण्डारीको घरमा आक्रमण गरेको थियो ।
हात्तीले भत्काएको घरको छतले किचिँदा भण्डारी दम्पती घाइते हुनुभएको थियो । घाइते दुवैलाई उपचारका लागि दमकको आम्दा अस्पतालमा भर्ना गरिएकामा कृष्णमायाको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
हात्तीको आक्रमण बढ्दै
झापामा भारतबाट आउने र रैथाने जङ्गली हात्तीको आक्रमणबाट जनधनको क्षति बढ्दै गएको छ । गत एक महिनामा दुईजनाको हात्तीकै आक्रमणबाट मृत्यु भएको थियो । यस अवधिमा घाइते हुनेको सङ्ख्या पाँच पुगेको छ ।
यसअघि बाह्रदशी गाउँपालिका–१ का ३७ वर्षीय जगतबहादुर भुजेलको मृत्यु भएको थियो । झापाका पन्धै्र पालिका जङ्गली हात्तीबाट प्रभावित छन् । हात्तीको आक्रमणमा गत मङ्सिर २५ गते हल्दिबारी गाउँपालिका–४ की ५५ वर्षीया गौरादेवी पौडेल, ६५ वर्षीय नगेन्द्र पौडेल, ५८ वर्षीया पार्वता पौडेल र २८ वर्षीय चेतन पौडेल घाइते हुनुभएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निरन्तरको कमजोर प्रदर्शनपछि प्ले–अफमा पुग्न सङ्घर्षरत मुम्बई र हैदराबाद आपसमा भिड्दै
-
काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण
-
भारत भ्रमणमा आउँदै छन् अमेरिकी उपराष्ट्रपति जेडी भान्स, के-के छन् छलफलका एजेन्डा ?
-
हिरासतमा रहेका रवीन्द्र मिश्र कविता लेख्छन्, धवल शमशेरलाई सुनाउँछन्
-
टाइमको सय प्रभावशाली व्यक्तिको सूचीमा ट्रम्पसँगै युनुस पनि
-
समाजवादी प्रेस संगठनले मौन प्रदर्शन गर्ने