राष्ट्र बैंकले २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिक्री गर्ने
आइतबार, १७ पुस २०७९, १६ : ०६
![राष्ट्र बैंकले २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिक्री गर्ने](https://rpcdn.ratopati.com/media/albums/rastra-bank-nrb_XERKNYNSQO.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्सको बोलकबोल गर्ने भएको छ । बैंकले पुस १९ गते बिक्री गर्नेगरी २८ दिने, ९१ दिने र ३६४ दिने तीन किसिमको ट्रेजरीको बोलकबोल गर्ने भएको हो ।
बैंकको सूचना अनुसार सोमबार दिउँसो २ बजे ट्रेजरीको बोलकबोल हुनेछ । इच्छुक खरिदकर्ताले सो समयभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।
बैंकका अनुसार कुल रकम मध्ये १२ अर्ब ७५ करोड रुपैयाँ पुरानो ट्रेजरीको नवीकरण हुनेछ भने ७ अर्ब ५० करोड रुपैयाँ नयाँ बिक्री हुनेछ । जुन ३६४ दिनको ७ अर्ब ५० करोड रुपैयाँ नवीकरण हुनेछ भने २८ दिने र ९१ दिने ट्रेजरीको क्रमशः ५ अर्ब र ७ अर्ब ७५ करोड नयाँ बिक्री हुनेछ ।
यसअघि केन्द्रीय बैंकले पुस ११ गते १३ अर्ब ५० करोड २५ लाख रुपैयाँ बराबरको ट्रजरी बिल्सको बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशस्तरीय महिला फुटबल : इलाम र ताप्लेजुङ सेमिफाइनलमा प्रवेश
-
अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली
-
बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्दै काठमाडौँ महानगर
-
कल्भर्ट भत्किँदा च्यापिएर एक जनाको मृत्यु
-
सानुबाबु सिलवालको ‘सपना र यथार्थमा अमेरिका’ पुस्तक विमोचन
-
परिवर्तन अभियान नेपालद्वारा तारकेश्वरबाट एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान