‘ह्रस्व दीर्घ’मा गरिमाको इन्ट्री
film

काठमाडौं । अभिनेत्री नीता ढुङ्गानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’ मा कलाकारको रूपमा गरिमा शर्मा भित्रिएकी छन् । निर्माण युनिटले फिल्मको मुख्य भूमिकाको लागि शर्मालाई अनुबन्धित गरेको हो ।
फिल्मका लागि केही दिनअघि अभिनेत्री बिपना थापा र रबीन्द्र झा पनि भित्रिएका थिएन । शर्माले प्रदर्शनको तयारमा रहेको फिल्म ‘लन्डन टु पेरिस’ बाट अभिनेत्रीको रूपमा फिल्ममा डेब्यु गरेकी हुन् ।
चन्द्र पन्तको निर्देशन रहने फिल्ममा सरोज खनाल, सलोन बस्नेत, नीता ढुङ्गाना, हरिहर अधिकारी, प्रदीप रावत, ब्रह्मानन्द लगायतका कलाकारको अभिनय रहनेछ ।
फेब्रुअरी १ देखि छायाङ्कन सुरु हुने फिल्मलाई तीन चरणमा खिचिने भएको छ । फिल्मको पहिलो चरणको छायाङ्कन भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट सुटिङ सुरु हुनेछ, भने दोस्रो चरणको छायाङ्कन नेपालमा र तेस्रो भारतको बनारसमा गर्ने निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले हुलबाट निर्देशित नभई सही नीतिका कारण जनताको मनमा बसेको छ : प्रधानमन्त्री ओली
-
घातक रसायन क्याडमियम सहित दुई भारतीय पक्राउ
-
निर्वाचन आयोगबाट बिदा भए दिनेश थपलिया
-
डिजिटल बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा लेख्ने किशोर पक्राउ
-
सुदूरपश्चिम प्रदेश ‘क्याबिनेट’ निर्णय : लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरीवेक्षण समिति गठन
-
विवाह बन्धनमा बाँधिए क्रिकेटर अविनाश