विशिष्ट गीतकार श्रीपुरुष ढकाललाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्ड, अरु क-कसले जिते अवार्ड ?
काठमाडौं । सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड राजधानी काठमाडौंमा सम्पन्न भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण प्रबद्र्धन हाम्रो अभियान’ भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो । उक्त अवार्डमा विशिष्ट गीतकार श्रीपुरुष ढकाललाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डमा नगद रु.१७,६९६ सहित सम्मान गरिएको छ । सम्मान प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, ज्योती विकास बैंकका एजिएम रामहरी आचार्य, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले प्रदान गरेका थिए । ज्योती विकास बैंकको प्रस्तुती रहेको कार्यक्रमलाई साहारा एपले मुख्य प्रायोजन गरेको थियो भने टोखा नगरपालिकाले सहकार्य गरेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रकाश अधिकारीले कलाकारको सम्मानको लागि नगरपालिकाले सहकार्य गरेको बताए । साथै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनाए । अधिकारीले कलाकारलाई सम्मान गर्न पाउँदा आफु हर्षित भएको पनि बताए ।
त्यसैगरी वरिष्ठ पत्रकार विजयरत्न तुलाधरलाई सगरमाथा कला पत्रकारिता रजत सम्मान नगद रु. ८८४८ सहित सम्मान गरिएको छ । त्यसैगरी सगरमाथा कला पत्रकारिता सम्मान कृष्ण भट्टराई, नेमिष गौतम, कल्पना रेग्मीलाई प्रदान गरिएको थियो । सगरमाथा रेडियो पत्रकारिता सम्मान कमला पन्थीलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ संगीत प्रशिक्षक तिलकसिंह पेलालाई संगीत विशेष सम्मान गरिएको थियो । लोक गायक अमृत सापकोटा, गायक चिरञ्जीवी भण्डारी, गायिका सुनिता गुरुङ, बाल गायिका सफलता श्रेष्ठ, निर्देशक आदित्य बुढाथोकी, गीतकार लोकराज अधिकारी लगायतकालाई सम्मान गरिएको थियो ।
अवार्ड कार्यक्रममा नेपाली गीतसंगीतका चर्चित एंव हस्तीहरुको उपस्थीति रहेको थियो । कार्यक्रमलाई मेगा टिभीले प्रत्यक्ष प्रसारण गरेको थियो ।
अवार्ड विजेताहरु
१, सर्वोत्कृष्ट राष्ट्रिय भाव गीतकार- घनेन्द्र ओझा – परे म मर्छु भोकैले
२, सर्वोत्कृष्ट राष्ट्रिय भाव संगीतकार- रोशन बान्तवा – गौतम बुद्ध
३, सर्वोत्कृष्ट गायक चलचित्र- प्रदाप दास – हर युग होस
४, सर्वोत्कृष्ट गायिका चलचित्र- मेलिना राई – सुन्तला
५, सर्वोत्कृष्ट गीतकार चलचित्र- राजेश कुमार श्रेष्ठ – हर युग होस
६, सर्वोत्कृष्ट संगीतकार चलचित्र- एलिस कार्की – हर युग होस
७, सर्वोत्कृष्ट आधुनिक गायक- युवराज चौलागाई – तिम्रो याद
८, सर्वोत्कृष्ट पप गायक ः आशिष सचिन – सानो सानो कुरामा
९,सर्वोत्कृष्ट पप आधुनिक गायक (जुरी) राज सागर – खै कसोरी विझाए
१०, सर्वोत्कृष्ट पप–आधुनिक गायिका – निशा देशार – पाउ हजुर
११, सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष- विरेन्द्र कुमार बलामी – म बाचेको संसार
१२, सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष (डायस्पोरा)- कुमार मिश्र – एउटा कथा
१३, सर्वोत्कृष्ट पप–आधुनिक गीतकार महिला- गीता अधिकारी – स्वास फेरी
१४, सर्वोत्कृष्ट पप–आधुनिक संगीतकार- योगेश काजी – मलाई हेप्नी
१५, सर्वोत्कृष्ट पप–आधुनिक संगीतकार (जुरी)- शेरा थामी – तिमी बस दिलैमा
१६, सर्वोत्कृष्ट नव प्रतिभा गायन- सौगातजंग थापा – हाम्रो माया जाल
१७, सर्वोत्कृष्ट पप–आधुनिक युगल गायन- रिता केसी ÷ प्रविण बेडवाल – तिमी पनि हरायौं
१८, सर्वोत्कृष्ट पप–आधुनिक मोडल महिला- रोशनी कार्की – विरानो देश
१९, सर्वोत्कृष्ट पप–आधुनिक मोडल पुरुष- कमल सिंह – रुन्न भन्दानी
२०, सर्वोत्कृष्ट पप–आधुनिक मोडल पुरुष (जुरी)- विरेन्द्र नौभाग्य – अर्को सार्थी
२१ सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल महिला- अस्मी थापा – चरी भरर
२२, सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल महिला (जुरी)- प्रनिमा दाहाल – तिम्रै माया
२३, सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल पुरुष- अंश वर्मा –ए साइली
२४, सर्वोत्कृष्ट पप–आधुनिक म्युजिक भिडियो निर्देशन- प्रकाश धिताल – भन्नु हुन्थ्यो बाले
२५, सर्वोत्कृष्ट लोक पप गायक- ओम सुनार – लाहुरे सिपाई दाई
२६, सर्वोत्कृष्ट लोक पप गायिका- निता आचार्य – रंगीन संसार
२७, सर्वोत्कृष्ट लोक पप गायिका (जुरी) ः अन्जु श्रेष्ठ – नहेरे झै गर्ने
२८, सर्वोत्कृष्ट लोक दोहोरी गायक- नमराज ढुंगाना – पिरतीमा दम छ
२९, सर्वोत्कृष्ट लोक दोहोरी गायक (जुरी) ः रामहरी भण्डारी – चुरोट सलाई
३०, सर्वोत्कृष्ट लोक दोहोरी गायक (पब्लिक च्वाइस )- जय देवकोटा – माया लाउँछ र त
३१, सर्वोत्कृष्ट लोक दोहोरी गायिका- कालिका रोक्का मगर – मुग्लिन पुलतरी
३२, सर्वोत्कृष्ट लोक दोहोरी शब्द- विपिन केसी – दाजु भाई
३३, सर्वोत्कृष्ट लोक दोहोरी लय- सागर विरही – फुल रसैको
३४, सर्वोत्कृष्ट लोक दोहोरी नव गायक- रमेश लामिछाने – हेलम्बुको स्याउ
३५, सर्वोत्कृष्ट लोक दोहोरी नव गायिका- रिया घले – बार्दलीमा गम्छा
३६, सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष- निक्स शर्मा – सिकारी
३७, सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला- एलिना रायमाझी – मैले माया सम्झेर
३८, सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल महिला- खुशी थापा – ए मुना
३९, सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल महिला (जुरी)- अपेक्षा सिंह– नजर नजरको
४०, सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल पुरुष- यज्ञराज गिरी – फुर्के जुंगा
४१, सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल पुरुष (सन्देश मुलक जुरी)- नरेन्द्र सिंह ठकुरी
४२, सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशक- स्मृति तिमिल्सीना – मुटु बैना
४३, सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार (पप÷आधुनिक)- अमृत सुनुवार – माया लाग्छ कति
४४, सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार (लोक दोहोरी)- कृष्णबहादुर थापा – मिठो सारंगी
४५, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन- अनिलकुमार महर्जन – आज किन
४६, सर्वोत्कृष्ट नव गितकार पप÷ आधुनिक- विजय खड्का – न बदलिन्छ जीन्दगी
४७, सर्वोत्कृष्ट नव गितकार पप÷ आधुनिक (जुरी)- सागर बास्तोला– हे धोकेवाज
४८, सर्वोत्कृष्ट नव गितकार ( सन्देश मुलक लोक दोहोरी)- दान आचार्य – बस पियारी
४९, सर्वोत्कृष्ट एरेन्जर पप÷ आधुनिक ः जीवन बडु – तामा पित्तल
५०, सिनियर सिनेमाटोग्राफर अवार्ड ः मधुर बस्नेत
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेल जीवनबाट सन्न्यास लिए दुई ओलम्पिकका स्वर्ण विजेता ब्राउनलीले
-
एमाले महासचिवका ९ प्रश्न : सुरुङ, रेल र पानी जहाजको योजना अघि सार्नु गलत हो ?
-
‘मृत’ भन्दै चिकित्सकले ‘पोस्टमार्टम’समेत गरिसकेका थिए, घाटमा पुग्दा जीवित
-
३२ हजारमध्ये १३ जना डेंगु संक्रमितको मृत्यु
-
उपत्यकामा खानेपानी मिटरको सुरक्षाको जिम्मा घरधनी आफैँले लिन अनुरोध
-
तोलामा १ हजार ५०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको कति ?