कुमारी र एनसीसी बैंको आजबाट एकीकृत कारोबार सुरु

कुमारी बैंक र एनसीसी बैंक एक आपसमा मर्जर भएर आइतबारबाट एकीकृत कारोबार सुरु भएकाे छ । अब एनसीसी बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको स्थान टंगालमा रहनेछ ।
गत मंसिर २८ गते सम्पन्न विशेष साधारण सभाले दुवै बैंकलाई मर्ज हुने प्रस्ताव पारित गिरएको थियो । बैंकहरुले गत असोज १० गते मर्जरमा जाने सम्झौता पिन गरेका थिए ।
अहिले एनसीसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ रहेको छ । यता कुमारीको १४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । बैकहरुको एकीकृत कारोबार भएपछि चुक्ता पुँजी करिब २६ अर्ब हाराहारीमा पुगेको छ ।
दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले पुस ६ स्वीकृति दिएका थिए भने कम्पनी रजिष्ट्रार कार्यालयले पुस ८ गते अन्तिम स्वीकृति दिएका थिए । मर्जरपछि एनसीसी बैंक कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धमाधम बिरामी हुन थाले बालबालिका : विद्यालयमा टेन्सन, अस्पतालमा प्रेसर
-
इमाडोलको आगलागी नियन्त्रणमा
-
ललितपुरको इमाडोलस्थित एक पसलमा आगलागी
-
नेपाललाई सुशासन, विकास र समृद्धिको बाटोमा डोर्याउन अग्रसर हुनुपर्छ : राष्ट्रपति पौडेल
-
०८२ सालमै पार्टीको अधिवेशन हुनुपर्छ : नेता कोइराला
-
जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्नेछ : प्रचण्ड