दिल्लीको वृद्धाश्रममा आगलागी, दुई वृद्धाको मृत्यु
आइतबार, १७ पुस २०७९, १० : २२

दक्षिण दिल्लीको ग्रेटर कैलाश इलाकामा आइतबार एक वृद्धाश्रममा आगलागी भएको छ जसमा दुई वरिष्ठ नागरिकको मृत्यु भएको छ ।
ग्रेटर कैलाश–२ स्थित अन्तरा अस्पताल र वृद्धाश्रमको तेस्रो तलामा आगलागी भएलगत्तै पाँच दमकल घटनास्थलमा पुगेको दमकल विभागले जनाएको छ । यस घटनामा १३ जनाको उद्धार गरिएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार दक्षिण दिल्लीका डीसीपी चन्दन शर्माले यो वृद्धाश्रमले नो अब्जेक्सन सर्टिफिकेट पाएको थियो वा थिएन, यसको अनुसन्धान भइरहेको र आगलागीको कारण भने खुल्न नसकेको जानकारी दिएका छन् ।