रुपन्देहीको तिलोत्तमामा छाडा कुकुरलाई स्थायी बन्ध्याकरण

रुपन्देहीको तिलोत्तमामा छाडा कुकुरको सङ्ख्या बढेपछि नियन्त्रणको लागि स्थायी बन्ध्याकरण गर्न सुरु गरिएको छ । बजार क्षेत्रमा दिन प्रतिदिन छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेकाले तिलोत्तमा नगरपालिकाको पशु शाखाले नियन्त्रण प्रयास थालेको हो ।
नगरपालिका र यूथ फर कन्जरभेसन एण्ड सस्टेनेबल एग्रिकल्चर (थअकब)को आर्थिक सहयोगमा जिल्ला पशु सेवा कार्यालयले कुकुर आतङ्क नियन्त्रणका लागि ८० बढी भाले कुकुरलाई भ्यासेक्टोमी र अन्य पोथी कुकुरलाई मिनिल्याप गराएको छ । नगरपालिकाको मंगलापुरस्थित रामजानकी मन्दिर साईडमा रहेको सम्झना युवा परिवारको प्राङ्गणमा रहेको सभाहलमा कुकुरहरु राखेर सोही स्थानमा कुकुरको स्थायी बन्ध्याकरण गरिएको हो ।
छाडा कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने, सडक दुर्घटना बढ्ने र कुकुरको टोकाइले रेबिज रोगको सङ्क्रमण हुने खतरा भएकाले तिनलाई स्थायी बन्ध्याकरणका साथै रेबिजविरुद्धको सुई लगाइएको पशु सेवा कार्यालयका प्रमुख राजु कुँवरले जानकारी दिए ।
नगरपालिकाभित्रको मुख्य बजार क्षेत्रका ८० वटा छाडा कुकुरलाई १ दिनअघि देखि नियन्त्रणमा लिएर सम्पुर्ण सुबिधा सहित सुरक्षितसाथ बन्ध्याकरण गरिएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा चलचित्र निर्माण कार्याशाला हुने
-
छैटौँपटक शल्यक्रिया गराएपछि अस्पतालको शय्याबाट एक घाइते क्रिकेटरको बिलौना
-
चट्याङसहितको वर्षा पूर्वतिर सर्दै, सतर्क रहन आग्रह
-
संसद्मा पेस हुने चलचित्र विधेयकमा के छ ?
-
शिक्षकहरूको आन्दोलन नरोकिए कक्षा १२ को परीक्षा रोकिने
-
२५ करोड प्रकरण : ट्रक चालक लामा पुर्पक्षका लागि कारागार चलान