नेपथ्यको कन्सर्टमा रमाए केपी ओली र गगन थापा
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेपथ्यको कन्सर्टमा रमाएका छन् । शनिबार साँझ भृकुटीमण्डपमा आयोजित कन्सर्ट हेर्न उनी पत्नी र केही सहकर्मी सहित भृकुटीमण्डप पुगेका थिए ।
पुसको चिसोमा पनि ओलीले पुरै कन्सर्ट चाख दिएर हेरेका थिए । कन्सर्टमा ओलीको अलावा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेकपा एमाले नेतृ कोमल ओली, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ लगायतको समेत सहभागिता रहेको थियो ।
साँझ ६ बजे सुरु भएर ८ बजे सकिएको मानव सेवा आश्रमको सहयोगार्थ आयोजित कन्सर्टमा नेपथ्यले दर्शकलाई आफ्ना चर्चित गीतहरूले झुमाएको थियो ।
उल्लेख्य दर्शकको सहभागिता रहेको कन्सर्टमा नेपथ्यका गायक अमृत गुरुङले आफ्नो ब्यान्डका लोकप्रिय गीतहरू भेडाको उन जस्तो, तालको पानी, रेसम, कोसीको पानी, नैनताल लगायतका गीत प्रस्तुत गर्दा हरेक गीतमा दर्शकले निकै मनोरञ्जन लिएका थिए ।
रातो र चन्द्र सूर्य बोलको गीतबाट आफ्नो साङ्गीतिक प्रस्तुति सकाएका गायक गुरुङले गीत गाउने क्रमको बीचबीचमा नेताहरूलाई देश बनाउन र युवाहरूलाई रोजगारीको अवसर सृजना गरेर देशमै बस्ने वातावरण श्रृजान गर्न अनुरोध गरेका थिए ।
‘मानवताको लागि संगीत’ अन्तर्गत नेपथ्यले गत मंसिर १६ गतेदेखि विराटनगरबाट सुरु गरेको यो सिजनको कन्सर्ट वीरगन्ज, हेटौँडा, नारायणघाट, नेपालगन्ज, धनगढी, सुर्खेत, बुटवल, पोखरा हुँदै शनिबार काठमाडौंको भृकुटी मण्डपमा आएर बिट मारेको हो ।
मानव सेवा आश्रमले घरपरिवारबाट अपहेलित बनेका असहाय तथा बेसहारा मानिसलाई आश्रममा आश्रय दिइरहेको छ । मानव सेवा आश्रमले १९ जिल्लाका २३ आश्रमबाट मानव सेवाको कार्य गरिरहेको छ । नेपथ्यसँग सहकार्य गरेको साङ्गीतिक कार्यक्रमबाट सङ्कलित रकमले आश्रमका भवन निर्माण र असहायहरूको स्वास्थ्योपचारका लागि आपत्कालीन कोष बनाइने मानव सेवा आश्रमका प्रमुख रामजी अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशका ७ वटा स्थानीय तहले दिए सार्वजनिक बिदा
-
जनयुद्ध दिवसको पूर्व सन्ध्यामा वाइसिएलद्वारा पेरिसडाँडामा दीप प्रज्वलन
-
जनयुद्ध दिवसमा गण्डकी गाउँपालिकाले पनि दियो सार्वजनिक बिदा
-
जनयुद्ध दिवसका अवसरमा समाजवादी कम्युनिष्ट पार्टीको शुभकामना
-
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको अभियोगमा महिला पक्राउ
-
गजुरी गाउँपालिकामा अध्यक्षले जनयुद्ध दिवसमा बिदा दिए, उपाध्यक्षले उल्ट्याइन्