अङ्ग्रेजी वर्ष सन् २०२३ सुरु, शुभकामना आदान प्रदान गरी मनाइँदै

आजदेखि अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । आज विश्वभर एक आपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदै छ ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात भएको हो । यो संवत् नेपालमा औपचारिक प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । यो अन्तर्राष्ट्रिय संवत् भएकाले विदेशमा बसोबास गर्ने र अन्तर्राष्ट्रिय सङ्घसंस्थामा काम गर्नेले यो पर्व विश्वभर मनाउने गर्छन् ।
ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ को बिदाइ र नयाँ वर्ष को स्वागतमा विश्वभर विभिन्न कार्यक्रहरुको आयोजना गरी नयाँ वर्ष मनाइँदै छ ।
नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ ।
पर्यटकको भीड भाड हुने नेपालको राजधानी काठमाडौंको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘ न्यू इयर इभ ’ का नाममा यो संवत् मनाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले हुलाकबाट पठाए ज्ञानेन्द्रलाई जरिवानाको पत्र
-
तिनकुने घटना र त्रिविका उपकुलपतिको राजीनामाप्रति ११ विद्यार्थी संगठनहरूको ध्यानाकर्षण
-
प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा रास्वपा र राप्रपालाई निषेध
-
गणतन्त्र पक्षधरको निष्कर्ष : ज्ञानेन्द्र व्यवस्था उल्ट्याउने गतिविधिमा लागे, कारबाही गर्नुपर्छ
-
१० बजे १० समाचार : निर्मल निवासमा ज्ञानेन्द्रको गुनासो, राजावादीले खोजे वैकल्पिक नेतृत्व
-
विभिन्न निकायका २५ जना शाखा अधिकृतको सरुवा