प्रदेश २ : भीआईपीको बसोबास मिलाउन यसरी हुँदैछ काम (फोटोफिचर)
जनकपुर–प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा अवस्थित जनकपुर चुरोट कारखाना लिमिटेड ( जचुकाली)को स्थायी संरचना लामो समयपछि उपयोगमा आएको छ । मुलुक संघीय प्रणालीमा गएसँगै लामो समयेखि उपयोगबिहीन भएको जचुकाली परिसर भित्रका भवनहरु धमाधम मर्मत हुँदैछ । मर्मत र रंगरोगन भैसकेका भवनहरुमा मुख्यमन्त्री र प्रदेश प्रमुखको कार्यालय तथा निवास स्थापना गरिएको छ ।
२ नम्बर प्रदेश सरकारकार अधिकांश मन्त्रालय जचुकाली परिसर भित्र निर्माण हुँदैछ । त्यसका लागी दर्जनौं मजदुरहरु रात दिन नभनी काम गरिरहेका छन् ।
चुरोट कारखाना बन्द भएपछि लामो समय उपयोग बिहीन भएको उक्त कारखाना मर्मतको कार्य शुरु गरिएको थियो । ‘बाहिर डढेलो पनि लगाए, कभर्डहल परिसमा मैले डोजर लगाएर जंगल सफा गरेँ’ जचुकालीको कभर्डहल मर्मतको जिम्मा लिएका निर्माण ब्यवसायी विनोद यादव भन्छन्, ‘रातादिन काम गरिरहेको छु, ३५ जना कामदार एकैपटक लगाएको छु ।’
मन्त्री निवासका लागि उपयुक्त देखिने जचुकालीका बंगला सफा गर्ने क्रममा तत्कालिन राजा विरेन्द्र र रानी ऐश्वर्याका तस्बिर समेत फेला परेको छ । फराकिलो कम्पाउण्डमा रहेको जचुकाली परिसरका दुईओटा बंगलामा नेपाली सेनाका सुरक्षा अधिकारीहरु तैनाथ छन् । ती बंगलामा मध्ये एउटामा प्रदेश प्रमुख र अर्कोमा मुख्यमन्त्रीले आफ्नो निवास र कार्यालयको काम शुरु गरिसकेका छन् ।
जचुकाली परिसर सुरक्षाका लागि सशस्त्र प्रहरी बलको पोष्ट स्थापना भैसकेको छ ।
चुरोट कारखाना भित्र नअट्ने भएपछि २ नम्बर प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय चाँही ब्रह्मपुरीस्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा स्थापना गरिएको छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भने सोही भवनको भुँइतल्लामा खुम्चिएको छ ।
जनकपुर उप–महानगरपालिका स्थित शिक्षक तालिम केन्द्रमा स्थापित प्रदेश सभा बैठक स्थल चिटिक्क पारेर सिंगारिएको छ ।
‘प्रदेश सरकारका कार्यालय र निवास बिस्तारै ब्यवस्थापन हुँदैछ’ प्रदेश २ का मुख्यमन्त्री लालवावु राउत भन्छन्, ‘हामी नयाँ अभ्यासमा हुनाले केही समय लाग्नु स्वभाविक हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईँलाई वीर अस्पताल लगियो
-
सर्वसाधारण भन्छन्– धरहराको शुल्क बढी भयो
-
मिनी संसद्को दुःख : एकातिर विधेयकको थुप्रो, अर्कातिर कोरम नपुगेर बैठक बस्नै समस्या
-
विपद् व्यवस्थापन बारे बागमती सरकार र प्राधिकरण बिच छलफल
-
कालिमाटीमा महिलाको शव बोकेर हिँड्ने युवक पक्राउ
-
गलत तरिकाले दाँत माझिरहनु भएको त छैन ?