दुई वर्षदेखि कक्षाकोठा नहुँदा समस्या : प्रतिकूल मौसममा आउँदैनन् विद्यार्थी
मङ्गलबार, १६ जेठ २०७४, ०८ : २८
बैतडी, १६ जेठ - बैतडीको एक विद्यालयको छाना दुईबर्ष अगाडि हावाहुरीले उडाएकोमा अझैसम्म पनि मर्मत नहुँदा पठनपाठनमा समस्या भएको छ ।
दुई वर्षअघि आएको हावाहुरीले छाना उडाउँदा आवश्यकताअनुसार कक्षाकोठा नहुँदा सुर्नया गाउँपालिका–३ भौनेली फाटीगाडामा रहेको राष्ट्रिय माविमा पठनपाठनमा समस्या भएको हो ।
विसं २०७२ जेठ ३ गते आएको हावाहुरीले विद्यालयको छकोठे भवनको छाना उडाएपछि विद्यार्थीलाई कक्षाकोठाको अभाव भएको विद्यालयका प्रधानाध्यापक गङ्गादत्त भट्टले जानकारी दिए।
विद्यालयसँग आन्तरिक आय केही नभएकाले विद्यालय भवन निर्माण गर्न सकिएको छैन, प्रधानाध्यापक भट्टले भने, “विद्यालयमा कक्षाकोठाको अभावमा बहुकक्षा शिक्षण गर्नुपरेको छ ।”
मौसम प्रतिकूल भएको बेला विद्यालय नै आउन छोडेको छात्रा धाना भाटले बताइन् । उनले भनिन्, “पानी परेको बेला विद्यालयमा बस्ने कोठा नै छैनन्, त्यसैले विद्यालय जानै छोडेका छौं ।”
विद्यालयको भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालय र शान्ति तथा पुनःनिर्माण मन्त्रालयसम्म धाउँदा समेत केही सीप नचलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयन्त कुँवरले जानकारी दिए ।
जिल्ला शिक्षा कार्यालयले पनि राजनीतिक पहुँचका आधारमा भवन निर्माण र पुनःनिर्माण गर्ने भएकाले यहाँ समस्या भएको उनले बताए ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिप्टो उद्यमीले खाए ८४ करोड ५५ लाख रुपैयाँमा किनेको केराको कलाकृति
-
डक्टर्स हब नेपालको पहिलो क्लिनिक सञ्चालनमा
-
च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान जाने वा नजाने बारे भारतीय विदेश मन्त्रालयले के भन्यो ?
-
नरबिर खड्का सहित ९ जना अध्यागमन अधिकृतहरूलाई सफाइ
-
'महिला सम्मेलनबाट पारित सवाललाई संसद्ले गहिरो रूपमा लिएनन्'
-
एनपीएल खेल्न उत्साहित छु : शिखर धवन