प्रदेश नम्बर ४ सरकारको पहिलो निर्णय : २ वर्षभित्र सबै गाउँमा विजुली

कास्की– चार नम्बर प्रदेशको मन्त्रपरिषदको पहिलो बैठकले उज्यालो प्रदेश कार्यक्रम घोषणा गरेको छ ।
शुक्रबार बसेको पहिलो बैठकले दुई वर्षभित्र सबै गाउँमा विजुली पुग्नेगरी काम गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता समेत रहेका नवनियुक्त मन्त्री रामशरण बस्नेतले बैठकका निर्णय सार्वजनिक गर्दै उज्यालो कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको बताए ।
‘२ वर्षमा गाउँमा पिउने पानी र ५ वर्षभित्र सबै गाउँपालिकाबाट प्रदेश केन्द्र आउने सडक निर्माण गर्ने निर्णय भएको छ’ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री समेत रहेका बस्नेतले भने ।
त्यस्तै त्यस्तै ५ वार्षभित्र क्यान्सर, मुटुरोग र मिर्गौला उपचारका लागि अत्याधुनिक सुविधासम्पन्न उपचार अस्पताल स्थापना, सुविधासम्पन्न सम्मेलन केन्द्र खेल मैदान निर्माण, प्रदेशमा बोलिने भाषाको संरक्षण लगायतका आठ निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल