गुल्मीमा कांग्रेस–माओेवादी गठबन्धन, कति सफल कति असफल ?
गुल्मी–गुल्मीको स्थानीय निर्वाचनमा कांग्रेस–माओवादी केन्द्रबीच पाँच स्थानमा भएको गठबन्धनमधये दुई स्थानमा असफल र स्थानमा सफल भएको छ ।
रुरु र छञकोटमा एमालेले गठबन्धनलाई असफल बनाउन सफल भएको छ भने एमालेको किल्ला मानिने धुर्कोट, सत्वतीमा गठबन्धनले एमालेलाई असफल बनाएको छ । त्यस्ते कालिगण्डकीमा अग्रता लिईरहेको छ । गठबन्धनबाट सत्वतीमा एक जना कांग्रेस र धुर्कोटमा माओवादी केन्द्रका नेताले प्रमुख पद जितेका छन् ।
सत्यवती गाउँपालिकामा कांग्रेस माओवादी गठबन्धनका प्रमुख उमेदवार कांग्रेस नेता पारिश्वर ढकाल विजयी भएका छन् भने धुर्कोटमा माओवादी केन्द्रका नेता भुपाल पोखरेल गाउँ प्रमुखमा विजयी भएका छन् ।
ढकाल ५१९७ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्धी एमालेका अमर सिह सिजापतिले ५१३३ ल्याएका थिए । उपप्रमुखमा भने झिनो मतले एमाले उमेदवार शुवर्ण शाहि ५४४९ मत ल्याएर विजयी भएकी छिन् । गठवन्धनकी उपप्रमुख उमेदवार माओवादी केन्द्रकी टोपकला थापाले ४९५५ मत ल्याएकी थिईन् ।
त्यस्तै धुर्कोट गाउँपालिकामा एमालेको किल्ला कांग्रेस माओवाद गठबन्धनले तोड्दै विजयी हाँसिल गरेका छन् । गठबन्धनले एमाले उमेदवार कृष्ण घिमिरेलाई ३६५ मतको अन्तरले पछाडी पार्दै माओवादी केन्द्रका नेता भुपाल पोखरेल विजयी भएका हुन् । पोखरेलले ५११६ मत ल्याएर विजयी भएका छन । उनका प्रतिद्धन्द्धी एमालेका घिमिरेले ४७५३ मत ल्याएर पराजित भएका हुन् ।
त्यस्तै उपप्रमुखमा कांग्रेस नेता शिव केसीले ७० मतको अन्तरले विजयी हाँसिल गरेका छन् । छत्रकोट गाउँपालिकाको कांग्रेस माओवादी केन्द्रको गठबन्धन भने पराजित भएको छ । छत्रकोटमा एमालेका जिल्ला अध्यक्ष मधुकृष्ण पन्त प्रमुख पदमा विजयी भए । उनी ५ हजार ५ सय ५१ मत प्राप्त गरी विजयी भएका हुन् । उनको प्रतिद्धन्द्धी कांग्रेस माओवादी गठबन्धनका अनन्तराम पौडेलले ५ हजार १ सय १४ मत पाप्त गरे ।
उपाध्यक्षमा पनि एमालेकी नर्मदा भण्डारी ५ हजार ४ सय ७६ मतसहित विजयी भइन् । माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद पाण्डले ४ हजार ७ सय २६ मत प्राप्त गरे ।रुरुमा गठबन्धनका यदु ज्ञवालीलाई पराजित गरी एमालेका निलकण्ठ गौतम विजयी भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज काठमाडौंका कुन-कुन ठाउँमा काटिँदै छ बिजुली ?
-
अमेरिकी डलर, रियाल, दिराम र दिनारको मूल्य बढ्यो, युरो र पाउण्डको घट्यो
-
आज लक्ष्मीको बार, कस्तो छ आम्दानीको योग ? हेरौँ राशिफल
-
म्यानयुलाई हराउँदै टोटनह्याम काराबाओ कपको सेमीफाइनलमा
-
इन्टरले गर्यो कोपा इटालियाको राउण्ड अफ् सिक्सटिन पार
-
इप्पानले धुमधामसँग रजत जयन्ती मनाउने