प्रदेश ६ : आलोपालो मुख्यमन्त्रीको मागबाट पछि हट्यो एमाले, आज मुख्यमन्त्रीको सपथ
काठमाडौँ । मुख्यमन्त्री नियुक्ति अघि आलोपालो प्रस्ताव राखेको एमाले पछि हटेसँगै प्रदेश नम्बर ६ मा सरकार गठनको ढोका खुलेको छ । सभामुखको निर्वाचन सकेर मुख्यमन्त्री नियुक्तिको पालो आएसँगै एमालेले माओवादीसँग साढे २ बर्वाको फरकमा मुख्यमन्त्री आलोपालो गर्न प्रस्ताव राखेको थियो ।
तर माओवादीले यो प्रस्ताव अस्वीकार गरेको थियो । केन्द्रमा भएको सहमति अनुसार अगाडि बढ्ने भन्दै एमालेले अहिले यो अडान छोडेर माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउनका लागि हस्ताक्षर संकलन समेत शूरु गरेको छ ।
फागुन ३ गतेसम्म मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख समक्ष पत्र पठाउनुपर्ने व्यवस्था रहेको छ ।
पार्टी केन्द्रमा भएको यसअघिको सहमति अनुसार नै अघि बढ्ने भन्दै माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर संकलन कार्य अघि बढाएको एमालेका सांसद सुशील थापाले जानकारी दिएका छन् । आज माओवादी र एमालेका सांसदहरुको हस्ताक्षर सहित शाहीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्र दिन तयारी थालिएको छ ।
प्रदेश प्रमुखले पत्र पाएपछि मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ । मुख्यमन्त्री नियुक्त भएपछि एमालेबाट मन्त्रीको लिष्ट पाउनेबित्तिकै सानो आकारको मन्त्रीपरिषद बनाउने माओवादीले योजना बनाएको छ ।
बिहिबारसम्म प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष पत्र पुग्नुपर्ने व्यवस्था रहेको छ । माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीले बिहीबार मुख्यमन्त्रीले म्ंभवत दुई पार्टीबाट एक एक मन्त्री लिएर सरकार बनाउने उल्लेख गरे ।
प्रकाश ज्वालाले एमाले मन्त्रीको नेतृत्व गर्ने
माओवादीले नेतृत्व गर्ने प्रदेश सरकारमा एमालेबाट प्रकाश ज्वालाले सरकारको नेतृत्व गर्ने भएका छन् । एमाले सांसद थापाका अनुसार संसदीय दलको नेतामा यामलाल कँडेल गएपछि उनले एमालेबाट सरकारमा नेर्तृत्व गर्ने भएका हुन् । प्रदेश संसदमा एमालेको २० सिट छ भने माओवादीको १३ सिट रहेको छ । यस अनुसार एमालेले ४ र माओवादीले ३ मन्त्रालय पाउने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा सहयोग गर्ने विषयमा रास्वपाभित्र तीनथरी मत
-
एमालेलाई १ लाख जरिवाना प्रकरण : कार्यक्रमको भोलिपल्ट पार्टीको झण्डा र रक्सीका बोतलसहित दुई ट्रक फोहोर संकलन
-
रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ
-
सौर्य एयरलाइन्स दुर्घटना : पीडितले दिए संसदीय समितिमा उजुरी
-
चितवनमा मंगोलियन हर्टले कन्सर्ट गर्ने
-
ई–प्लानेट नेशनल हाइस्कुल क्रिकेट च्याम्पियनसिप हुने