शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय

गुल्मी पुगेर ओलीले भने, ‘काँग्रेस पूरानो पार्टी पछिपछि आउँदैछ, माओवादीले उधुमै जित्यो’

आइतबार, १८ असार २०७४, १३ : ३३
आइतबार, १८ असार २०७४

गुल्मी– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जीत्दा उत्ताउलिने र हार्दा निराश हुने पार्टी नभएको स्पष्ट पारेका छन् । 

शनिवार  गुल्मीको सदरमुकाम तम्घासको चिदिचौरमा  भएको विजयीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शुरुवाती चरणको नतिजा आउँदा केही मिडियामा एमाले अत्तालिएको भन्ने समाचार प्रकाशित भएको प्रति व्यंग्य गर्दै सो कुरा बताएका हुन् ।

उनले भने, ‘हिजो अखबार हेर्नुभयो होला, गिन्ती शुरु हुने बित्तिकै अखबारमा खबर आयो, शुरुमै एमालेलाई धक्का, केपी ओली चिन्तित मुद्रामा । एउटा कुरा म भन्न चाहन्छु नेकपा एमाले कुनै जीतबाट खुसी भएर उत्ताउलिएर केटाकेटीलाई दशैँ आएजस्तो आँगनमा नाच्ने पार्टी होइन । दुई चार ठाउँमा हार्यो भने पनि आत्तिने पार्टी होइन, फेरि अगाडि बढ्ने पार्टी हो ।’

नेकपा एमालेले रेसुङ्गा नगरपालिकाको  विजयी सभालाई सम्वोधन गर्न गुल्मी आएका ओलीले हालसम्म १ सय ७ स्थानको परिणाम आउँदा ५२ सिट एमालेले जितेको उल्लेख गरे । ‘नेपाली काँग्रेस पुरानो पार्टी पछिपछि आइरहेको छ, ३७ सिट ल्याएको छ । माओवादीले पनि उधुमै जितेको छ १९ सिट ल्याएको छ,’ उनले भने ।

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप