भ्यालेन्टाइन जोडी : पवन र सीमा (फोटोफिचर)

काठमाडौँ । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन हो ।
जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरुका लागि पनि प्रणय दिवसलाई निकै उत्तम साइतको रुपमा लिइन्छ ।
पश्चिमा देशहरुबाट सुरु भएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकैँ झाँगिएको पाइन्छ । भ्यालेन्टाइन डे आफैमा एक रोमान्टिक दिन हो र यो प्रेममय दिन हो ।
अहिले विभिन्न म्यूजिक भिडियोमा बफादार प्रेमीको अभिनयमा देखिएका संचारकर्मी तथा मोडल पवन भट्टराई भ्यालेन्टाइन डेको मुडमा प्रस्तुत भएका छन् । भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा आकर्षक फोटोसुटमार्फत पवनले प्रेमलाई उश्रृखंलतामा नभइ रोमान्टिक मुडमा प्रस्तुत हुनुपर्ने सन्देश दिन खोजेका छन् ।
खोटाङमा जन्मिएका पवनले मुलधारको पत्रकारिता सँगसगै मोडलिङलाई सभ्य र सम्मानित बनाउँदै भ्यालेन्टाइनलाई रोमान्टिक तथा सन्देशमुलक बनाउन आग्रह गरेका छन् । रेड क्याजुअल ड्रेसमा सजिएका पवन र मोडल सीमा ढकालको ड्रेसअप र पोजले भ्यालेटाइनको मुड झल्काएको छ । मोडलद्वय पवन र सिमाले प्रेम दिवसलाई शिष्ट र मर्यादीत बनाउन आग्रह गरेका छन् ।
प्रेम दिवसले प्रेमी–प्रेमिकाबीच मात्र नभइ सम्पूर्ण मानवबीच प्रगाढ प्रेम हुनुपर्ने उनीहरुको धारणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभाबाट अध्यादेशहरू धमाधम स्वीकृत
-
अवैध बसेकालाई डिपोर्ट गर्न अमेरिकाले सेनाको विमान प्रयोग किन बन्द गर्यो ?
-
माओवादीलाई कांग्रेसको आग्रह : कुलमानलाई देवत्वकरण गर्ने भए प्रतिपक्षी दलको अध्यक्ष बनाउनुस्
-
वित्तीय शोषणविरुद्ध ९ वटा संगठनद्वारा संघर्षको घोषणा
-
युक्रेनको तर्फबाट युद्ध लड्ने बेलायती युवकलाई रुसमा १९ वर्षको जेल सजाय
-
नेप्सेमा झिनो गिरावट, कारोबार १० अर्ब १० करोड