शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

रौतहटमा कक्षा १२ को परीक्षा अमर्यादित

सोमबार, १८ वैशाख २०७४, १६ : ०४
सोमबार, १८ वैशाख २०७४
सञ्जय मिश्रा रौतहट, बैशाख १८– रौतहटमा सञ्चालन भईरहेको कक्षा १२ को परीक्षा अमर्यादित तरिकाले भईरहेको पाइएको छ । गत बैशाख १० बाट सुरु भएको परीक्षामा जिल्ला सदरमुकाम गौर,गरुडा चन्द्रनिगाहपुर,लगायतका केन्द्रमध्ये भन्दाबढि जिंगडियास्थित प्रहरी बिद्यालयमा अमर्यादित भएको बताइएको छ । प्रहरी बिद्यालयमा सुरक्षा प्रमुख बिद्यालयकै हुनेगरेकाले सर्व साधारण प्रवेश न पाउने हुँदा परिक्षामा भित्र भित्रै चिटको अलावा कालोपाटीमा समेत उत्तर लेख्ने गरेको परीक्षा बोर्डकै कर्मचारीहरुले बताएका छन् । बोर्ड प्रमुख यमबहादुर खडकाको नेतृत्वमा खटिएको टोलीले बिभिन्न केन्द्रहरुमा चेकजाँचको क्रममा चिट चोरीरहेको अवस्थामा पक्राउ करीव एकसय जना परिक्षार्थीलाई निष्काशन गरेको छ । किन हुन्छ परीक्षा अमर्यादित ? परीक्षा केन्द्रमा संबधित बिद्यालयको निरीक्षक गार्ड खटाईनु । स्थानीय बिद्यालयको केन्द्राध्यक्ष खटाईनु । कतिपय शिक्षकले पास गराउने ठेक्का लिनु । संबन्धित निकाय बाट नियमित अनुगमनको अभाव । केन्द्रहरुमा सुरक्षार्थ खटिएका जनपद तथा सशस्त्र प्रहरी आर्थिक प्रभाव,अथवा राजनितिक दवाबमा मुकदर्शक हुनु । लगायतका कारणले दशकौं देखी बिग्रिएको रौतहटको प्ररिक्षा प्रणालीमा हालसम्म सुधार हुनसकेको छैन । शिक्षा स्रोतका अनुसार बढी चिटचोरीने केन्द्रहरुमा जनज्योती मावीचन्द्रनिगाहपुर, मावी गरुडा,मावी कटहरीया,जयकिशान मावी धरहरी परिक्षा केन्द्र रहेको छ । त्यसैगरी बाहिरिया बिद्यार्थीको बढी चाप हुने केन्द्रहरुमा कटहरीया,धरहरी,गरुडा र चन्द्रनिगाहपुर रहेको स्रोतले जनाएको छ । के भन्छन् जिल्ला शिक्षा अधिकारी ? जिल्ला शिक्षा अधिकारी रामबिनय कुमार सिंहले पनि कक्षा १२ को परिक्षा मर्यादित हुन नसकेको स्वीकारेका छन । सिंहले यस पटक बजेटको अभाव रहेकाले पुर्णरुपमा अनुगमन हुन नसकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप