शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

विद्यार्थीले गरे विद्यालयलाई सहयोग

बुधबार, १३ वैशाख २०७४, ०९ : ४४
बुधबार, १३ वैशाख २०७४
गुल्मी, १३ वैशाख - काठमाडौँस्थित बूढानीलकण्ठ ‘ए’ लेबलमा अध्ययनरत विद्यार्थीले गुल्मीको एक सामुदायिक विद्यालयलाई कम्प्युटरसहित शैक्षिक सामग्री र खेलकुद सामग्री सहयोग उपलब्ध गराएका छन् । ‘ए’ लेबलमा अध्ययनरत ११ जना विद्यार्थीले गठन गरेको शैक्षिक नेपाल अभियान क्लबबाट रिमुवास्थित जनज्योति माविका विद्यार्थीलाई उक्त सामग्री वितरण गरिएको क्लबका संयोजक सुलभ खनालले बताए । सूचनाको पहुँचमार्फत शैक्षिक गतिविधिलाई अघि बढाउन मद्दत गर्ने उद्देश्यसहित विभिन्न सङ्घसंस्था र सहयोगीसँग रकम सङ्कलन गरेर सामग्री वितरण गरिएको खनालले जानकारी दिए। हस्तान्तरित सामग्रीमा आठ थान कम्प्युटर, एक थान प्रिन्टर, ६ सयभन्दा बढी विभिन्न पुस्तक र खेलकुद सामग्री रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप