दुई विद्यालयमा छात्रवृत्तिका लागि अक्षयकोष
मङ्गलबार, १२ वैशाख २०७४, ०८ : ४८
पोखरा, १२ वैशाख - पोखराको रामबजार निवासी एक रञ्जित परिवारले पोखराका दुई सामुदायिक विद्यालयमा छात्रवृत्तिका लागि छ लाखको अक्षयकोष स्थापना गरेका छन् ।
पोखरा रामबजारस्थित कालिका उच्च माविमा चार लाख र पोखरा बसपार्कस्थित सहारा आधारभूत विद्यालयमा दुई लाखको अक्षयकोष स्थापनाका लागि सोमबार रकम हस्तान्तरण गरियो ।
-सो ठाउँ निवासी वैकुण्ठ रञ्जित, शिव रञ्जित, सुदर्शन रञ्जित र विजय रञ्जितले आफ्ना स्व पिता हरिगोपाल रञ्जित र आमा गणेशमाया रञ्जितको नाउँमा उक्त रकम विद्यालयलाई अक्षयकोषका लागि हस्तान्तरण गरे ।
-चार दाजुभाइले आफ्ना पिता स्व हरि गोपालको ४५ औँ दिनको तिथि पारेर सोमबार गरिब तथा जेहेन्दार विद्यार्थीलाई थप अध्ययन-अध्यापनका लागि विद्यालयलाई उक्त रकम प्रदान गरिएको हो ।
-अक्षयकोषबाट प्राप्त ब्याजले कालिका उच्च माविमा कक्षा ९ देखि १२ कक्षासम्मका र सहारा विद्यालयमा कक्षा ९ मा अध्ययन गर्र्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिप्टो उद्यमीले खाए ८४ करोड ५५ लाख रुपैयाँमा किनेको केराको कलाकृति
-
डक्टर्स हब नेपालको पहिलो क्लिनिक सञ्चालनमा
-
च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान जाने वा नजाने बारे भारतीय विदेश मन्त्रालयले के भन्यो ?
-
नरबिर खड्का सहित ९ जना अध्यागमन अधिकृतहरूलाई सफाइ
-
'महिला सम्मेलनबाट पारित सवाललाई संसद्ले गहिरो रूपमा लिएनन्'
-
एनपीएल खेल्न उत्साहित छु : शिखर धवन