शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सूर्यको तापक्रमबारे वैज्ञानिकहरुले खोले नयाँ रहस्य, ३२ वर्षपछि यस्तो हुँदैछ पृथ्वीको तापक्रम

सोमबार, २९ माघ २०७४, १६ : ३८
सोमबार, २९ माघ २०७४

एजेन्सी– हाल गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ ।  क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले सौर्य चक्रका बारेमा अध्ययन गर्दा यस्तो तथ्य भेटिएको जारी प्रतिवेदनमा बताइएको हो । 

उनीहरुले त्यतिबेला सम्ममा सूर्यको तापक्रम सात प्रतिशतसम्म घट्नसक्ने विश्वास व्यक्त गरेका छन् । सूर्यको तापक्रम घटेपछि पृथ्वीमा पर्ने तापक्रम पनि कम हुने भएको छ ।  तर चिसो हुनेक्रम संसारभर एकैनासको भने नहुने अध्ययनले देखाएको छ । विश्व तापक्रममा यस्तो घटनाक्रम भइरहने उनीहरुको भनाइ छ । वैज्ञानिकहरुले पत्ता लगाएको यो तथ्य सिकागोको एउटा जर्नलमा प्रकाशित भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप