प्रदेश नम्बर ६ को सभामुखमा राजबहादुर शाही निर्विरोध निर्वाचित

वीरेन्द्रनगर– प्रदेश नम्बर ६ को सभामुखमा एमाले दैलेख २ ख का सांसद राजबहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । प्रदेश नं. ६ को संसद सचिवालयमा सभामुखको निर्वाचनका लागि शाहीको मात्र उम्मेदवारी परेको हो । दिँउसो सवा १ बजे बाम गठबन्धनका नेताहरुसहित सचिवालय पुगेका शाहीले मनोनयन दर्ता गराएका हुन् ।
उनको प्रस्तावमा एमाले संसदीय दलका नेता यमलाल कँडेल रहेका छन् भने समर्थकमा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाही रहेका छन् । आज बसेको बाम गठबन्धनको बैठकले शाहीको नाम सभामुखका लागि सिफारिस गरेको हो ।
भोली अर्थात माघ २९ गते बस्ने संघीय बैठकमा सभामुखको निर्वाचन गर्ने कार्यतालिका रहेको छ । यसका लागि संसद सचिवालयले आज मनोनयन दर्ताको कार्यक्रम राखेको थियो । बिहान १० बजेदेखि दिँउसो २ बजेसम्म मनोनयन दर्ताका लागि समय तोकिएको छ ।
बाम गठबन्धनबीच यस अघिनै भएको सहमतिअनुसार प्रदेश नम्बर ६ मा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने र एमालेलाई सभामुख दिइने सहमति भएको थियो । उक्त सहमतिअनुसार माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाही मुख्यमन्त्री बन्ने लगभग पक्का भएको छ । सभामुख चयनका लागि प्रदेश नम्बर ६ एमालेका संसदीय दलका नेता यमलाल कँडेल र अर्का सांसद प्रकाश ज्वालालाई जिम्मेवारी दिइएको थियो ।
उपसभामुखको चुनाव ५ गते
प्रदेश नं. ६ मा भोली बस्ने संसद बैठकमा २ वटा कार्यसूचि रहेको छ । दिँउसो १ बजे बस्ने बैठकले सभामुखको निर्वाचन गर्ने र उपसभामुखको निर्वाचनका लागि फागुन ५ गते बैठक बोलाउने कार्यसूचि रहेको संसद सचिवालय प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए । भोली निर्वाचित हुने सभामुखले प्रदेश प्रमुखसँग सपथ लिने ब्यवस्था छ । सपथपछि सभामुखले कार्यभार सम्हाल्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्षिक नीति तर्जुमा गर्दै लुम्बिनीको सामाजिक विकास मन्त्रालय
-
टेस्लाकी ‘ह्विसलब्लोअर’ले जितिन् मस्कविरुद्धको लडाई
-
ट्रम्प ट्यारिफले अमेरिकी अर्थतन्त्रमा धक्का दिन्छ: फेड अध्यक्ष जेरोम पावेल
-
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपा बैठक बस्दै
-
युद्धपछि गाजामा कस्तो रहला इजरायली सेनाको भूमिका ?
-
लेनदेन विवादमा शर्मिला वाइबामाथि आक्रमण